Asked by Anonymous User

on 4/2/20

सर/मेम नमस्ते मेरो लिङ्ग पुरुष उमेर ३८ बर्षको लगभग। बिगत ८ वा ९ बर्ष अगाडी मेरो पाईल्स (हर्षा) को सर्जरी गरेको थिय। बिगत केहि समय बर्ष निकै राम्रो भएर बित्यो। तर आजकल फेरी हल्का वरिपरी मासु पलाएको जस्तो भई रहेको छ। साथै वरिपरी बाहिरि भागमा कहिले काही चिलाउने पनि गर्छ, असजिलो केहि भए जस्तो हुने गर्छ। प्राय सधै दीर्घकालीन औषधि भने कुनै खाएको छैना। खान पिन माछा मासु धेरै काम खाने गर्छु, साग सब्जी भने धेरै खाने गर्ने गरेको छु, हल्का ब्याम पनि कहिले काही गर्ने गरेको छु। बिशेष सर-सल्लाहा अनि उपचार कुन कहाँ क्लिनिक वा हस्पिटलमा उपलब्ध पाऊन सकिन्छ। कृपाय जानकारी पाए धेरै आभारी हुने थिय। झन्झट नमानी बताई दिनु बिनम्र अनुरोध गर्दछु।

Replies to question

Post Reply
Dr. Saru Maharjan

Ayurveda Physician, 4 Years of practice

फिसर भएको हुन सक्छ, एकपल्ट देखाउन आउनुहोला आयुर्वेद हेल्थ होम धापासी मा फोन : 4355144, 4380457

Answered on 11/2/20

पाइल्सको कुन स्टेजमा छ त्यहिअनुसार उपचार गर्नापर्छ । सुरुको अवस्थामा खानपीन पानी आदिले सुधार हुन सक्छ भने मासुको डल्लो बहिरै निस्किने छ भने अपरेसन आवश्यक हुन सक्छ । एकपटक नजिकैको अस्पतालमा कुनै जेनरल सर्जन चिकित्सकलाई देखाएर सल्लाह लिनुहोला ।

Answered on 4/2/20

Post your Reply

Press Here to type in नेपाली ➤