Asked by Anonymous User ,3 years

on 8/3/18

मेरो ढाड ( बिशेष गरि देब्रे खुट्टा हिप ज्वाइण्ट) दुख्छ! समस्या २ महिना अघि बाट सुरु भएको हो।तेस्तै ३ हप्ता जति भयो देब्रे खुट्टा हल्का झमझमाउछ पनि! धेरै बेर उभिन सक्दिन, मलाइ के भएको हो?? उपचार के गर्नुपर्छ?

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । खुट्टा झमझमाउने कारण धेरै हुन सक्छ । एउटा मुख्य कारण भनेको ढाडको नसा च्यापिएर पनि हुन सक्छ । त्यस्तो स्थितीमा एउटा खुट्टाबाट तिघ्रा, पिडुला हुँदै तलसम्म झमझमाउने, लाटो हुने, र त्यसको शक्ती पनि कम हुने हुन्छ । यसको उपचारको एउटा महत्वपूर्ण पाटो फिजियोथेरापी पनि हुन्छ । समस्या धेरैनै बल्झेमा केहिमा अपरेसन पनि गरिन्छ । तसर्थ आफुलाइ के भएको हो यकिन गर्न नजिकैको अस्पतालमा हाडजोर्नी तथा नशा रोग विषेशज्ञसंग सल्लाह र जाँच गराउनुहोला। शिघ्र स्वास्थ्यलाभको कामना।

Answered on 9/3/18

Post your Reply

Press Here to type in नेपाली ➤