के कोरोनाभाइरस भ्रम हो?  

Article   Dr. Devesh(देवेश) Pradhan  on Mon, Sep 07 2020 11:01 PM 2448 Views 0 Comments No recommendations yet !!!

 

बिहानी को समय एउटा किराना पसल अगाडि दुई मित्र हरु बिच हुँदै गरेको गफ सुनौ है।

साथी “क”(एक चिकित्सक)- (आत्तिएको स्वर मा) अर्रे, मास्क किन नलगाएको?

साथी “ख”- किन लगाउनु पर्यो मास्क?

साथी “क”- कोरोना लाग्ला है, होस गर।

साथी “ख”- यो कोरोना भन्ने सबै भ्रम हो, मान्छे लाई डर देखाएर घर भित्रै राख्ने षड्यन्त्र मात्र हो। भ्याक्सिन बनाउने नाममा डाक्टर र औंसोधी कम्पनी मिलेर पैसा कमाउने प्लान् मात्र हो यो सब, हामी ले पनि बुझेका छौं।

साथी “क”- के संसार भरीका सबै डाक्टर पैसा कै लागि कोरोना बारे भ्रम फैलाउँदै छन् त? सबै डाक्टर औषधि कम्पनी कै जालमा परेर उनि हरु का पछाडि लागेका होलान् त?

साथी “ख”- (एक छिन सोच्दै) त्यही त सबै डाक्टर त झूटा न होलान्।  तर कोरोना भन्दा पनि अरु रोग अनि भोक ले प्रतिदिन यो भन्दा धेरै मान्छे ले ज्यान गुमाई रहेका छन हैन र?

साथी “क”- हो मृत्यु-दर त अरु भन्दा कम नै छ, हामी चिकित्सक हरु ले पनि यो कुरा स्वीकारेका छौ। एउटा प्रश्न सोध्छु है साथी?

साथी “ख”- हुन्छ सोध न, भै हाल्छ नि।

साथी “क”- तिम्रो बिहे को भोज मा कति जना जति पाहुना बोलाउने प्लान छ?

साथी “ख”- कहाँ कोरोना को कुरा गरी राखेको बेला मेरो बिहे को कुरा कहा बाट आयो? 
(रिसाउँदै)यस्तो नी प्रश्न हुन्छ?

साथी “क”- (हाँस्दै) हैन न रिसाउ न, भन त कति जना बोलाउने प्लान छ?

साथी “ख”- खासै धेरै हैन दुई/तीन सय जति। किन र?

साथी “क”- मानौं दुई/तीन सय बोलायौ तर केही गरी दुई तीन हजार पाहुना आई पुगे भने क गर्छौ?

साथी “ख”- त्यस्तो भयो भने त बर्बादै हुन्छ नि, खत्तमै हुन्छ।

साथी “क”- हो त्यस्तै प्रकार ले एक सय जना विरामी राख्नु मिल्ने अस्पताल मा एक हजार बिरामी एकै पल्ट भर्ना भयो भने क होला? बर्बाद हुँदैन खत्तम हुँदैन?

अझै झन् चिकित्सक हरु नै बिरामी भए भने के होला? झन् हाम्रो जस्तो अविकसित देशमा जहाँ अस्पताल/डाक्टर/भेन्टिलेटर/i.c.u को एकदमै कमी छ। एकछिन कल्पना गरेर हेर त।

साथी “ख”- त्यस्तो भयो भने त अरु रोगका बिरामीले पनि उपचार पाउन मुश्किल हुन्छ।

साथी “क”- हो त्यही भएर भ्रम फैलाउनु भएन, कोरोना केही हैन भन्दै हेलचेक्राइँ गर्दै बिना कारण भीड भाड गर्नु भएन।

साथी “ख”- (अलि गम्भीर हुँदै) उसो भए अब के त सधै lockdown मा बस्ने त?

साथी “क”- हैन lockdown नै समाधान पक्कै होइन। तर यो lockdown मा हामी हाम्रो केही अनि- बानी मा परिवर्तन गर्न सक्छौ।
(हल्का मुस्काउँदै) अनि यही lockdown को समयमा सरकार अनि सरोकार वाला हरु ले पनि अस्पताल/i.c.u बेड अनि भेन्टिलेटर को बेबस्ता गर्लान्। आशा गरौं, भ्याक्सिन पनि छिटै आउला।

साथी “ख”-(झिजिँदै) सरकार ले त खै?  बरु हामी जनता ले चाहिँ के गर्दा राम्रो होला त?

साथी “क”- याद छ नि पुरानो formula “Precaution is better than cure” भन्नै सुनेकै होला?
(मुस्कान दिँदै) कोरोना को त झन् cure पनि छैन अहिले सम्म। तर Precaution चाँही लिन सकिन्छ है साथी। अनि सरकार ले पनि आफ्नो तर्फ बाट प्रयास हरू गर्दै छन्, भ्रम फैलाउने हरु लाई कारबाही पनि हुँदै छ।

साथी “ख”- हामी हरु ले चाहिँ के अनि कसरी precaution लिने त?

साथी “क”- 
१. भौतिक दूरी राख्ने।
२. साबुन पनि ले नियमित हात धुने, अथवा sanitizer प्रयोग गर्ने।
३. मास्क को प्रयोग गर्ने।

यी मुख्य तिन वटा कुरा को पालना गर्यौं भने कोरोना बाट बच्न सकिन्छ।

साथी “ख”- ok, मैले अलि कुरा हरु न बुझेको रहेछु, अरु साथि हरु लाई पनि बुझाउने प्रयास गर्छु अब। ल अहिले घर तिर लागे है म? पछि भेटौला। (अलि आत्तिँदै) मास्क पनि लगाएको छैन मैले त।

साथी “क”- किन आत्तिएको, डराउने हैन बरु सचेत हुने हो।  लेऊ म सँग एउटा एक्स्ट्रा छ पहिले प्रयोग न गरेको, यही लगाऊ। अनि sanitizer पनि बोक्ने गरेको छु स्यानो bottle मा मैले त, ल हात थाप।

साथी “ख”- (पहिले sanitizer ले हात सफा गरी मास्क लगाउँदै) ल है त BYE... 
पछि भेटौला।

साथी “क”- OK, BYE...stay safe.

Please do understand CORONA is not a hoax...

Leave a comment