Asked by Anonymous User

on 24/10/20

मैले विगत 10 महिना देखि Clobazam 5 mg औषधि बिहान साझ खाइ रहेको छु र 3 महिना देखि Divalproex sodium ER 250 mg राती मा खाइ रहेको छु। तर जुन समस्याको कारण यी औषधि खाएको छु त्यो समस्या जस्ताको तस्तै छ कुनै improve भएको छैन। यी दुवै औषधि नखादा VEEG test गर्दा abnormal थियो तर पछि 2 वटा EEG test गर्दा normal देखाउछ । यदि यी औषधि दैनिक खादा पनि दैनिक मेरो स्वास्थ समस्या जस्ताको तस्तै छ तर doctor यी औषधि continue गर्न सल्लाह दिनु हुन्छ। यदि दैनिक औषधि खादा पनि समस्या समाधान हुदैन भने यी औषधि दैनिक खानु को सायद कुनै औचित्य छ जस्तो लाग्दैन, केवल दैनिक side effects plus उहीँ स्वास्थ समस्या । के seizure/epilepsy control गर्ने औषधि खादा र दैनिक उहीँ स्वास्थ समस्या हुदा पनि EEG test गर्दा EEG मा normal देखिन्छ ? औषधि नखादा VEEG abnormal हुने र औषधि सुरु गरेर उहीँ स्वास्थ समस्या दैनिक हुदा पनि EEG normal आउनु के कारण हुन सक्ला ? यदि यी औषधि ले मेरो स्वास्थ समस्यामा कुनै सुधार नगर्दा पनि दैनिक औषधि सेवन गर्नु उचित होला ? मेरो MRI report मा (1 calcified granuloma most likely related to neurocysticercosis. 2. left mesial temporal sclerosis.)

Replies to question

Post Reply

धेरै धेरै धन्यवाद Dr. Ghanshyam Kharel जि हजुरको सल्लाह एवम् सुझावको लागि । वास्तवमा मलाई धेरै वर्ष देखि टाउको मा एक्कासि अनौठो किसिमको अप्ठ्यारो महसुस हुन्छ जुन बिस्तारै सुरु हुन्छ र 20 देखि 40 सेकेन्ड सम्म अति नै अप्ठ्यारो महसुस हुन्छ सो अवधी मा दुख्ने बेहोस हुने टोलाउने हात काम्ने केही समस्या हुदैन, मात्र त्यही अति अनौठो अप्ठ्यारो महसुस हुन्छ, जुन सुरु भए पछि चरम बिन्दुमा पुगे पछि आफै सब ठिक भएर शरीर सामान्य अवस्था मा पुग्छ । यस्तो किसिमको अप्ठ्यारो महसुस हुदा सब थाहा पाउछु, यस्तो हुदा पनि म सामान्य रुपमै अरु सग कुरा गर्न सक्छु भित्र भित्रै अप्ठ्यारो हुन्छ तर सहन्छु, कहिलेकाही vomit होला जस्तो हुन्छ र मुटुको धड्कन अल्लि बढि हुन्छ ( मुटुको जाच गर्दा सब ठिक छ )। त्यस्तो किसिमको समस्या हुदा केवल त्यही शब्दमा व्यक्त गर्न नसक्ने अनौठो किसिमको अप्ठ्यारो , गाह्रो महसुस हुन्छ। जुन आफै 20 देखि 40 सेकेन्ड मा ठिक हुन्छ । मैले MRI गरेको थिए जसमा ( 1. Ring shaped cortical/ subcortical lesion with eccentric dot and blooming on SWI and calcification on phase images in the left hippocampal formation with minimal peripheral gliosis/edema. Findings represent calcified granuloma most likely related to neurocysticercosis. Other diagnostic consideration is tuberculosis. 2. Mild increased signal and volume loss of the left hippocampus as compared to the right. Findings are suggestive of left mesial temporal sclerosis. Clinical correlation is suggest ) भेटिएको थियो। र VEEG मा abnormal IEDs left interior temporal देखिएको थियो र Clobazam 5 mg बिहान साझ खान सुरु गरे देखि 4 महिना सम्म समस्या ठिक भयो तर औषधि continue खादा पनि फेरि सोही समस्या सुरु हुन थाल्यो दिनमा 3/4 पटक भन्दा बढी र पछि फेरि एउटा EEG test गर्दा normal आयो फेरि बिचमा doctor को सल्लाह अनुसार Divalproex sodium ER 250 mg खान थाले 27 दिन सम्म फेरि ठिक भयो तर फेरि same समस्या सुरु भयो फेरि भर्खरै एउटा normal EEG test गर्दा report normal आयो तर मेरो समस्या जस्ताको तस्तै छ दिन दिनै सोही किसिमको अपठ्यारो भइ रहेको छ र दुवै औषधि दैनिक खाइ रहेको छु । EEG र blood test normal आएकोले मेरो doctor ले Amitriptyline 10 mg खान भन्नू भएको थियो मैले खाएन दवाइको side effects यति धेरै भएको छ कि tolerate गर्नै नसक्ने भएको छु अब नया औषधि खान नै डर लाग्छ । सायद यो दवाई depression वा mental illness को होला यो दवाइ doctor ले किन दुनु भयो खोइ तर म आफुलाई depression र mental problem भएको महसुस गर्दिन सो त्यो दवाई खाएको छैन । पहिला medicine सुरु नगर्दा VEEG मा report abnormal देखिने र पछि normal EEG गर्दा केही नदेखिने र सोही कारणले मलाइ उपचार गर्ने doctor ले सायद मानसिक समस्या भन्ने निष्कर्ष निकाल्नु भए जस्तो छ । म Kathmandu मा छैन sir र अहिलेको महामारीको अवस्था अनुसार आउन पनि डर लाग्छ । दिन दिनै एकदम अनौठो अप्ठ्यारो केही सेकेन्ड को लागि महसुस हुन्छ जुन दोहोरी रहन्छ जसले मेरो दैनिक जिवनलाई एकदम प्रभावित बनाएको छ ।

Answered on 31/10/20
Dr. Ghanshyam Kharel

Neurology (MBBS, MD, DM), 14 Years of practice

EEG normal आए पनि तपाईं लाई छारे वा एपिलेप्सी हुन सक्छ। EEG normal वा abnormal आउने धेरै कुरामा निर्भर पर्छ। तपाईं लाई left mesial temporal sclerosis छ भने भुलेर पनि औषधि नछोडनु होला। तपाईं खास भएको चाहिँ के हो, त्यो कुरा प्रष्ट पारे समाधान गर्न सकिन्छ। तपाईं यदि काठमाडौ मा हुनु हुन्छ भने एक चोटि वीर अस्पतालमा आउनुस पुरानो कागज पत्र लिएर।

Answered on 29/10/20

Namaste! Kripaya doctor sanga online paramarsha lina ko lagi tala diyiyeko lik ma click garnu hola, https://www.hamrodoctor.com/service/neurologist

Answered on 25/10/20

Post your Reply

Press Here to type in नेपाली ➤