Asked by uttam karki

on 6/9/20

मेरो प्रसुती date आस्विन दोश्रो हप्ता दिनुभएको छ । अन्तिम पटक श्रावण १४ गते डा. संग परामर्श गरेको थिए । अहिले लक्डाउन र covid को कारण अस्पताल गएको छैन । यो महिना देखाउनु पर्ने थियो । सिभिल हस्पिटल देखाइरहेको छु । श्रावन २० गते को रिपोर्ट अनुसार मेरो रगतमा हेमोग्लोबिनको कमि भएको र hemoglobin 9.4 (12.0-16.0)total rbc count 3.42 L milion (4.5-5.5) PCv 29.7 (37-47) MChC 31.6(32-36) रहेको छ । २१ दिन पछि सम्पर्क गर्नु फेरी केहि प्रगति भएन भने सुइ बाट दिनुपर्छ भन्नु भएको थियो haematology d र Gynae depart ले । अब अहिले जसरी पनि हस्पिटलमा देखाउनु पर्छ कि ? अलि पछि देखाउदा पनि हुन्छ? डा. को सम्पर्क नं म संग छैन । कृपया सल्लाह पाउ ।

Replies to question

Post Reply

रगतमा को मात्रा केहि कम रैछ! अब ऐले बढ्यो कि कति भयो भनेर जाच गरेर मात्र थाहा पाउन सकिन्छा! अरु कुनै समस्या छ कि छैन हजुरलाई? एकपटक स्त्री तथा प्रसुति रोगको डाक्टरसंग अनलाइनमा कुरा गरेर आफ्नो रिपोर्टसहित परामर्श लिनको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-deepa-chudal/

Answered on 6/9/20

Post your Reply

Press Here to type in नेपाली ➤