Asked by Anonymous User

on 31/5/20

मेरो छातिकोबिच देब्रे पट्टि अलि तल पट्टि अलग अलग ठाउँ मा दिनभर दुखिरहन्छ !म बिगत आठ बर्स देखि बि.पि. को तथा गत भदौ देखि सुगर को औषधि नियमित लिइराखेको छु! मैले अहिले बिहान metformin 850, echosprin 75, Repace h तथा राती Repace 50, Prolomet xl 25 तथा Atchol 10 लिइ राखेको छु! मेरो बि. पि. तथा सुगर लेभल कन्ट्रोल मा छ!HBA1C 6.5 तथा lipid profile मा total c-113,hdl c-45,tg-86,vldl-17.2,ldl-50.8 छ! सर म अल्कोहल तथा स्मोकिङ कहिल्यै गर्दिन! मेरो यो छाती को दुखाई मुटु को हो या अरु केही हो?

Replies to question

Post Reply

के गर्दा बढी दुख्ने हुन्छ? बढी काम गर्दा वा हिड्दा बढी दुख्ने केहि हुन्छ? मुटुको कारण पनि हुन सक्छ, एकपटक इसीजी गरेर हेर्नपर्ने हुन्छ! गाह्रो भएको छ भने नजिकैको अस्पताल गएर परिक्षण गराउनुहोला! मुटुरोगको डाक्टरसंग विस्तृतमा परामर्श लिएर आफ्नो समस्या राख्न यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-kamal-lamasal/

Answered on 1/6/20

Post your Reply

Press Here to type in नेपाली ➤