Asked by Anonymous User

on 24/5/20

मेरो श्रीमतीको प्रेगनन्सिको आठौ महिना चल्दैछ, गोडाहरु सुन्निने, राती निदाउन गाह्रो हुने समस्या देखा परेको छ, कोरोना कहरले गर्दा हस्पिटलमा फलोअप चेकअप गर्न पनि जान सकेको छैन। अन्तिम पल्ट गएको चैतको पहिलो हप्ता क्ल्निक गएका थियौ। माथि मैले भनेको समस्या कमन नै होकि मेडिसिन गर्नु पर्ने हो, सल्लाह पाउन।

Replies to question

Post Reply

गोडाहरु केहि मात्रामा गर्भवती अवस्थामा सुन्निन सक्छ तर ब्लड प्रेसर एकपटक नापेर हेर्नापर्छ! धेरै नै सुन्निएको छ भने अरु कारण पनि खोज्नपर्ने हुन्छ! एकपटक प्रसुति रोगको डाक्टर संग आफ्नो उरानो रिपोर्ट देखाएर थप सल्लाह लिनको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-deepa-chudal/

Answered on 24/5/20

Post your Reply

Press Here to type in नेपाली ➤