Asked by Anonymous User

on 9/5/20

५८ बर्ष उमेर हुनुभएको । गोडामा घुडामुनी नसा खुम्चिएको थियो भने अर्को गोडामा चाहिँ दाग कालो रंगको देखिएको थियो । फाल्गुन २२ गते मनमोहन कार्डियोमा देखाउदा नसामा समस्या देखिएको छ । अप्रेसन गर्नु त पर्छ तर अहिले नै नगर्दा हुन्छ । Baxical-plus एक महिना खाएर हेर्नुस । त्यसपछी सम्पर्कमा आउनुहोला भनेर भन्नू भएको थियो ।लक डाउन ले गाउबाट आउन संभब भएन । एक महिना औसधि खाएपछी त्यो कालो दाग दुख्ने समस्या धेरै कम भएको छ । लामो समय उभियो भने उकालो ओरालो धेरै हिड्यो भने पलेटी कसेर लामो समय बस्यो भने चाहिँ दुख्छ । अब पहिला प्रयोग गरेको औसधि थपेर प्रयोग गर्न मिल्छ कि मिल्दैन होला ? सल्लाह पाउ ।

Replies to question

Post Reply

Baxical भनेको calcium and supplements हो ! केहि समय फेरि थपेर प्रयोग गर्न नि सकिन्छ! एकपटक बन्द खुलेपछि फेरि अस्पताल आएर परिक्षण गराउनुहोला!उकालो ओरालो चै धेरै नहिड्नुहोला र पलेटी कसेर पनि नबस्नुहोला! दुध दही वा खानुहुन्छ भने अण्डा खानुहोला!

Answered on 10/5/20

Post your Reply

Press Here to type in नेपाली ➤