Asked by Anonymous User

on 18/10/21

मैले covid vaccine लगाएको 7 दिन पछि एकदम सकस भएको छ , चिड चिड हुने पसिना आउने, शरीर एकदम लुलो हुने, हिडदा भनन रिगाउने लडिन्छ कि जस्तो हुने , आखाले एकदम धमिलो देखिने , खाना खादा वाकवाकी लाग्ने , टाउको मा अप्ठ्यारो हुने , टाउको मा झम झम भए जस्तो करेन्ट को जस्तो झटका सनसनी हुने बेला बेलामा स्वास फेर्न पनि गाह्रो हुने , शरीर ताते जस्तो हुने , तिघ्रा को मांसपेशी कडा हुने , यस बाट राहत पाउन के गर्नु पर्ला ?

Replies to question

Post Reply
Dr. Sumedha Paudel

Medical officer, 2 Years of practice

यति धेरै समस्या देखिइरहेको छ भने एकपटक अस्पताल गएर विस्तृत परिक्षण गराउदा नै उचित होला। covid vaccine बाहेक अरु कारणले पनि यस्तो भएको हुन सक्छ ।

Answered on 18/10/21

Post your Reply

Press Here to type in नेपाली ➤