अतिरिक्त शुल्क विवाद : विद्यार्थी संगठनद्वारा नोवेल मेडिकल कलेज तोडफोड



Download our app to get more features

काठमाडौं,२१ पुस । विराटनगरस्थित नोवेल मेडिकल कलेजमा  तोडफोड भएको छ । 

एमबीबीएस प्रथम वर्षका विद्यार्थीको पक्षमा समर्थन जनाउन नोवेल पुगेका विभिन्न विद्यार्थी संगठनका नेता कार्यकर्ताले नोवेलमा तोडफोड गरेका हुन् । 

विद्यार्थीहरुले कलेजको गेट फोडेर चौथो तलामा रहेको प्रशासनमा तालासमेत लगाएका छन् । नोवेल परिसरमा अहिले ठूलो संख्यामा प्रहरी परिचालित छन् ।  विद्यार्थी संगठनहरुले नाराबाजी जारी राखेका छन् । 

अतिरिक्त शुल्क नबुझाएको भन्दै नोवेल मेडिकल कलेजले ८० हाराहारी विद्यार्थीलाई दुई सातादेखि कक्षा प्रवेशमा रोक लगाएको छ । 

केहिदिन अघिदेखि कलेजले लिएको अतिरिक्त शुल्कको बिषयमा विद्यार्थीहरुले आन्दोलन गर्दै आइरहेका थिए । 

Last modified on 2022-01-05 16:53:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts