जानकारी भाग १, चर्मरोग विशेषज्ञ   

Article   Dr. Vikash Paudel, MD (Associate Professor)  on Tue, Jun 02 2020 05:10 PM 3531 Views 0 Comments 9 persons recommended

आफ्नो चिकित्सकको बारेमा जान्नुहोस्

यदि तपाई एलोप्याथिक  पद्धति द्वारा छाला, कपाल या नङको उपचार गर्न खोज्नु भएको छ भने तल उल्लेखित चिकित्सक संग मात्र सम्पर्क गर्नुहोला। नेपालमा निम्न लिखित डिग्री भएका चिकित्सकहरु नै चर्मरोगका विशेषज्ञ मानिन्छन्।

१. MBBS, MD (Dermatology, Venereology and Leprosy)
२. MBBS, MD ( Dermatology)
३. MBBS, DVL (Diploma in Dermatology, Venereology and Leprosy)

उपचार गर्नुभन्दा पहिले यी तीन चिजमा  अवश्य ध्यान पुर्याउनुहोस्।

१. चिकित्सकको को नाम
२. डिग्री
३. विशेषज्ञ रजिशस्ट्रेसन नं 

यदि यि तीन चिज विना कोही पनि छाला सम्बन्धि विशेषज्ञ हुदैन र त्यस्ता संग उपचार नगराउनुहोला।

 

छालारोगको उपचार गर्दा ध्यान दिनुपर्ने कुरा:

१. चिकित्सकको सल्लाह बिना मेडिकल स्टोरबाट कुनै पनि स्टेरोईड युक्त क्रिम वा ट्युब नलिनुहोला ।
२. चर्मरोग विशेषज्ञ द्वारा दिईएको मल्हम वा कुनै क्रिम अरुसंग बाडेर नलाग्नुहोला
३. चर्मरोग विशेषज्ञले बताए भन्दा कम या ज्यादा मात्रा वा समय औषधि प्रयोग नगर्नुहोला।

 

यदि तपाई एलोप्याथिक  पद्धति द्वारा छाला, कपाल या नङको उपचार गर्न खोज्नु भएको छ भने तल उल्लेखित चिकित्सक संग सम्पर्क गर्नुहोला।
१. BAMS (Ayurbedic)
२. BHMS (Homeopathic)
३. DHMS (Homeopathic)
४. lCEH (Homeopathic)
५. GCEH (Homeopathy)
६. AM (Alternative medicine)
७. Trained at ILAMED
८. PGDCC (Cosmetology)
९. BDS (Dental Surgery)
१०. BDS,MDS (Dental Surgery)
११ प्रिस्क्रिप्शनमा डिग्री वा दर्ता नम्बर नभएको
१२. पर्चीमा औषधि लेख्दा हस्ताक्षरमा नगर्नेहरु
१३. कुनै परामर्श पेपर बिना जसले चिटमा लेख्नेहरु।
१४. जसले सधैं सबै रोगका लागि ईन्जेक्सन दिन्छन्।
१५. संदिग्ध डिग्री।

Leave a comment