NEWS: – नर्सिङ्ग होमका रुपमा स्थापित नर्भिक इन्टरनेशनल अस्पिटलले सेवा सुविधा विस्तार गर्ने घोषण गरेको छ । – वलिउड नायिका हुमा कुरेशी २८ दिनको डिटक्स डाइटपछि न्यूट्रिसन ब्राण्डको डिटक्स प्रोडक्टको बिज्ञापनका लागि तयार भएकी छिन् । – ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका इएमएस(इमर्जेन्सी मेडिसिन सर्भिस) कोर्डिनेटर डा. संजय कार्की अमेरीकामा ‘इएमएस १० इनोभेटर्स अफ द इयर अवार्ड’ बाट सम्मानित भएका छन् । <<>><<>>

Find Hospitals, Clinics, Doctors ...

एक्कासी ढाड वा कम्मरमा झस्का किन पस्छ ?(भिडियो सहित)

एक्कासी ढाड वा कम्मरमा झस्का किन पस्छ ?(भिडियो सहित)

Deurali_Janta_Pharmaceutical

क्कासी ढाड वा कम्मरमा झस्का पस्ने समस्याले धेरैलाई सताएको छ । के  कारणले एक्कासी ढाड वा कम्मरमा झस्का पस्छ ? वरिष्ठ क्रोनिक ब्याकपेन विशेषज्ञ डाक्टर सुनिल पौडेल यसो भन्छन् :

मेरुदण्डलाई मांशपेसीले समातेको हुन्छ । कम्मर वा ढाडलाई बोझ पर्ने कुनैपनि काम गर्दा मांसपेशीमा संकुचन आयो वा ‘मसल स्पाजम’ भयो भने खुम्चन्छ र मांसपेशी पुनः पहिलेको जस्तो भएन भने एक्कासी झस्का पस्छ । 

यस्ता व्यक्तिलाई बढी झस्का पस्छ :
१. लगातार निहुरेर काम गर्ने ।
२. कुर्सीमा लामो समयसम्म बसेर काम गर्ने ।
३. उठिरहने वा निहुरिरहने ।
४. विशेषगरी शारीरिक बनावट र कामको बोझले गर्दा तुलनात्मक रुपमा महिलाहरुमा झस्का पस्ने समस्या बढी हुन्छ । 

झस्का पस्ने सम्भावना बच्चामा कम हुन्छ । उमेर बढेसँगै यो समस्या पनि बढ्ने गर्छ । 

झस्का पस्ने प्रमुख कारण :
१.शारीरलाई चलायमान नराख्दा ।
२.बढी तौल वा अस्वस्थ खानपान ।
३.शारीरिक व्यायाम नगर्ने ।

लक्षण :
बसेर उठ्दा, नुहाएर बाहिर निस्कँदा वा निहुरिएर बस्दा एक्कासी च्वास्स दुख्नु वा झस्का पस्नु ।
झस्का पस्दा ढाड वा कम्मरमा दुखाई ज्यादा हुन्छ । ढाड अररो हुन्छ,चल्दा वा यताउता गर्दा धेरै दुख्ने हुन्छ । 

झस्का पस्दा घरमै पनि उपचार गर्न सकिन्छ ः
झस्का पसेको ठाउँमा तातोले सेक्ने ।
झस्का पस्दा दुखाई बढी भएपनि धेरैले यसलाई सामान्य रुपमा लिन्छन् । तर झस्का पस्दा बेवास्ता वा दुखाई कम गर्ने अनावश्यक औषधिको सेवन गर्नु हुँदैन । 

कहिलेकाँही नशा च्यापिएर पनि झस्का पस्ने हुनसक्छ । त्यसकारण झस्का पसे पछि जतिसक्दो छिटो विशेषज्ञ चिकित्सककोमा परीक्षण गराउनु पर्छ ।

भिडियो हेर्नुस् । 
 

Swastha Bema AD below news KDC Ad Below News Sooriya Diagnostic
हाम्रो डाक्टर एप (Google Playstore) (Apple Store) मा पनि उप्लब्ध छ । डाउनलोड गर्नुहोला।

यसमा तपाइको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

Scroll to Top