यसरी हुँदैछ स्थानीय तहमा स्वास्थ्य सेवाको पुनर्संरचना



Download our app to get more features

काठमाडौँ, ३१ असार । स्वास्थ्य मन्त्रालयले स्थानीय तहमा स्वास्थ्य सम्बन्धी सेवा सुविधा विस्तारका लागि विभिन्न नितिगत कार्यक्रमहरु ल्याउने तयारी गरेको छ ।  

स्थानीय तहमा हालको सेवा सुविधामा कुनै परिवर्तन नगरी थप सेवा सुविधा विस्तार गर्ने तयारी  स्वास्थ्य मन्त्रालयले गरेको हो । स्वास्थ्य मन्त्रालयका कर्मचारी प्रशासन शाखाका उपसचिव बाबुराम खनालका अनुसार सरकारले ७ वटै प्रदेशमा कम्तीमा एउटा सुविधा सम्पन्न सरकारी अस्पताल निर्माण गर्ने योजना बनाएको छ । यस्तै प्राथमिक स्वास्थ्य केन्द्रलाई सम्बन्धित गाँउपालिका र नगरपालिकाले नै व्यवस्थापन गर्ने तयारी पनि मन्त्रालयको छ । हाम्रो डक्टरसँगको कुराकानीमा उपसचिव खनालले भने ‘स्थानीय तहमा स्वास्थ्य सेवा सम्बन्धी कुनैपनि किसिमको सेवा सुविधा कटौती हुने छैन् बरु आवश्यक परेको खण्डमा हरेक स्वास्थ्य केन्द्रमा स्वास्थ्य युनिट निर्माण गरिने र विशेषज्ञ चिकित्सक खटाइने छ ।’

देशको संघीय संरचना सम्बन्धी सम्पूर्ण कामको जिम्मेवारी पाएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सम्पूर्ण स्थानीय तहमा १३ प्रकारका सेवा सुविधायुक्त कार्यक्रमहरु ल्याउने तयारी गरेको बताइएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रवक्ता रुद्रमान सिंह तामाङ्गका अनुसार स्थानीय तहमा स्वास्थ्य सेवाको कामको व्यवस्थापनका लागि योजनाहरु बन्ने क्रममा छन् । उनले भने ‘परिवार नियोजन, १५ शय्याको अस्पताल निर्माण, स्थानीय तहमा स्वास्थ्य सेवा सञ्चालनका लागि आधारभूत प्राथमिक स्वास्थ्य केन्द्रको स्थापना, महिला बालबालिका सम्बन्धी कार्यक्रम, औषधि पसल सञ्चालन सम्बन्धी कार्यक्रमहरु ल्याउने तयारी सरकारले गरेको छ ।’  


 

Last modified on 2017-08-01 13:52:13

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

1 Comments

  1. Eathaniya eastharma healthko karmachary lai kahile Bata pathuxa?


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts