पाटन अस्पतालमा विजोग, उपचार गराउन आएका विरामी नै अलपत्र



Download our app to get more features

ललितपुर, ९ असार । बालबालिकाको उपचार गर्ने भुइँ तला । बेड नम्बर २६ मा उपचारर्थ धादिङ पाडेगाउँका ७ वर्षीय बालक मनोज मगर छन् । चिकित्सकका अनुसार ‘डिप निमोनियाँ’का कारण मनोजको फोक्सोमा पिप जमेको छ । सबै पिप निकाल्न अपरेसन नै गर्नुपर्छ । 

पाटन अस्पतालमा फोक्सोको सर्जरीको सुविधा छैन । बिरामीका अभिभावकलाई महाराजगन्जस्थित टिचिङ अस्पतालमा रिफर गरिएको छ । इमाडोल बस्ने मनोजका बुबा बुद्धराजसँग भने अपरेसन गर्ने त के अस्पतालमा उपचार गराएबापत तिर्न पैसा छैन । ९ दिन उपचार गरेको करिब ४५ हजार रुपैयाँ अस्पताललाई उनले तिर्न बाँकी छ । 

ज्यामी काम गर्ने बुद्धराज दम्पतीको बुढेसकालका एक्लो सहारा हुन् मनोज । बुद्धराज भन्छन्, ‘५ दिन अस्पतालको आईसीयूमा राखें । सीटीस्क्यान सबै गरेर झन्डै ४० हजार रुपैयाँ खर्च भइसकेको छ ।’ मागेर खर्च जुटाइरहेको बताउने उनले थप उपचार गर्न बाटोमा भीख माग्नुपर्ने अवस्था आएको बताए । ‘छोराले बोल्न र राम्रोसँग सास फेर्न सकेको छैन,’ उनले भने, ‘शरीरमा रगत कम भएर पैताला सेतो हुँदै गएको छ ।’ इमाडोलस्थित इँटाभट्टामा माटो निकाल्न खनेको खाल्डोमा मनोज खसेका थिए । ‘खाल्डोमा फोहोर पानी खाएकाले होला, २ दिनपछि खोकी लाग्यो,’ बुद्धराजले भने, ‘४र५ दिनसम्म मेडिकलको औषधि खुवाएँ ।’ 

रौतहटका रामहरि कार्कीको समस्या फरक छ । उनका एकैपल्ट आमा र बुबा बिरामी परेर उपचार गराउन पाटन अस्पालमा भर्ना गराए । बिहीबार आमाको डिस्चार्ज र बुबाको अल्ट्रासाउन्ड एकैपल्ट र्पयो । उनी डिस्चार्जलाई भन्दा अल्ट्रासाउन्ड गराउनपट्टि लागे । अस्पतलामा लक्ष्मी बैंकको ७ वटा काउन्टर छ । तर काउन्टरमा राखिएको टोकन स्टिम बिग्रिएको छ । झन्डै पौने घण्टा लाइन बसेर पैसा तिरेका कार्की भन्छन्, ‘टोकन सिस्टम चलेको भए सेवाग्राहीले अलि भए पनि राहत पाउँथे । उभिन पर्दैनथ्यो ।’ कुरुवा बसेर रातभर राम्रोसँग सुत्न नपाएको बताउने उनले पैसा तिर्न मात्र होइन ब्लड चेकअप गराउन पनि घण्टौं लाइन बस्नुर्पयो । ब्लड चेकअप गर्ने कोठानजिकै दिसारपिसाब चेक गर्न संलग्न गर्ने शौचालय छ । शौचालयको दुर्गन्ध वरिपरि फैलिएको छ । लाइनमा उभिने सर्वसाधारणहरू दुर्गन्ध सहन बाध्य छन् । 

 

(आजको कान्तिपुर दैनिकमा प्रशान्त मालीले लेखेको समाचार)

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts