नेशनल हस्पिटलमा एक महिने निःशुल्क स्वास्थ्य शिविर



Download our app to get more features

काठमाडौं, १ भदौ । नेपाल नेशनल हस्पिटल कलंकीले १ देखि ३१ भदौसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन सुरु गरेको छ । अस्पताल परिसरमै सुरु गरेको शिविरबाट भदौ महिनाभर बिरामीहरूले पित्तथैली, मिर्गाैला तथा मुत्रथैलीमा हुने पत्थरीको निःशुल्क परिक्षण र परामर्श लिन सक्ने अस्पतालले जनाएको छ । 

शिविरमा निःशुल्क परिक्षण तथा चिकित्सकको परामर्श एवंम विशेष सहुलियतमा शल्यक्रिया पनि गर्नसक्नेछन् । साथै शिविरमा सबै किसिमका शल्यक्रिया अत्याधुनिक प्रविधियुक्त दुरविनबाट गर्न लागेको अस्पतालले जनाएको छ । 

माडीमा निःशुल्क स्वास्थ्य शिविर
चितवनको माडीमा नेशनल हस्पिटलले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । साउन अन्तिम साता आएको अबिरल बर्षपछिको बाढीबाट प्रभावितहरूलाई राहत दिन हस्पिटलले १ भदौमा शिविर सञ्चालन गरेको छ । 

सो अवसरमा हस्पिटलले सकंलन गरेको राहत सामाग्री पनि बितरण गरेको छ । हस्पिटलका मेडिकल डाइरेक्टर डा. प्रकाश पौडयालको नेतृत्वमा गएको टोलीले शिविरमार्फत सेवा दिइरहेको छ ।

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts