Asked by Anonymous User ,50 years

on 31/10/20

म पु./७८ बर्ष HTN, DM को लागि नियमित औसधि हरु खाइरहेकै छु| तर अहिले मेरो पुरानो रोग दम COPD ले मलाइ एकदमै सताइरहेको छ. home oxygen concentrator 2lt/मिन flow मा बस्दै दिन रात बितिरहेको छ. levosalbutamol लगायत nebuliser को प्रयोग, salbutamol puff , rotahaler , doxofyline सबैथोग को नियमित प्रयोग गरेर पनि दम ले साह्रै सताइरहेको छ, राति राम्रो संग सुत्न नपाएको पनि धेरै नै भयो, निन्द्रा नलाग्ने हैन तर निदाउन खोज्दा दम ह्वात्तै बध्छ. खुट्टाहरु पनि सुन्नीएका छन. केहि खान मन पनि हुदैन. केहि महिना अघि त गाह्रो हुन्थ्यो, अनि हस्पिटलको emergency ओपचार ले केहि समय ठिक हुन्थे म, अहिले त खै निको हुने सुरसार नै देख्दिन. म जस्तो संक्रमनको डर भएको मान्छे जान पनि कता जाउ? कुनै असल सुझाबको प्रतिक्ष्यामा छु!

Replies to question

Post Reply
Dr. Purushottam Adhikari

Medical Officer, 2 Years of practice

अक्सिजन मात्रा घटबढ छ, खुट्टाहरु सुन्निएको छ र समस्या धेरै नै बल्झेको छ भने एकपटक अस्पताल गएर नै देखाउदा राम्रो हुन्छ । रगतको जाँच एक्स रे लगायत आवश्यक पर्न सक्छ। रिपोर्ट हेरेर जाँच गरेर मात्र यकिन गर्न सकिन्छ ।

Answered on 31/10/20

Post your Reply

Press Here to type in नेपाली ➤