Asked by Badri Bhandari

on 20/3/22

बच्चा को उमेर ३.५ बर्ष A: ३ महिना पहिले पनि जरो ५ दिन सम्म आएको र खोकी कफ सहितको थियो खोकी को लागि हनिटस् खुवाइयो सुधार भएन, आयुर्बेदीक मिर्गमदासभ पनि खुवाइयो तर सुधार भएन र एक महिना पछि कफ सिरफ़ खुवाए पछि निको भो खोकी : औषधिमा प्राय जरो आउँदा निको मात्र खुवाउने गरिरहेका छौं। B: १५ दिन पहीले पनि जरो आयो ५ दिन सम्म अनि जरो निको भो तर नाक चिसो चिसो नै भइरको थियो खोकी हल्का थियो घरी घरी मात्र औषधि निको मात्र खुवाइयो, C. फेरि ४ दिन अघि देखि हल्का खोकी कफ सहित छ, साँझ पख आँखामा उचेरा लागेको छ, जरो २ दिन सम्म १०० भन्दा कम नै थियो र फेरि पनि निको औषधि नै खुवाइयो तर जरो ठीक भएन बरु जरो हल्का बढ्यो अनलाइन डाक्टर सँग कन्सल्ट गर्दा साइनेक्स र भिटामिन बि कम्प्लेक्स जिंक सहितको प्रिफर को आधार मा खुवाउँदा पनि जरो ठीक भाको छैन क कारण होला जानकारी पाउन पाए राम्रो हुनेथियो

Replies to question

Post Reply

Post your Reply

Press Here to type in नेपाली ➤