Asked by Anonymous User ,6 years

on 19/4/18

म बिगत केही दिनदेखी जिब्रोको तल्लो भागमा घाऊ र submandibular gland मा दुख्ने र सुनिने समस्याले ग्रस्त छु । हिजो डाक्टर लाई देखाउदा ३ दिन अस्पातल मै भर्ना भएर बस्नु पर्छ अनी शल्यकृया गरेर ग्रन्थी नै हटाउनु पर्छ भन्नुभयो। ऐले मलाई Flexon and ceftriaxone औषधी सेवान गर्न दिइेको छ। के एस्तो समस्याको उपचार शल्यकृया मात्रा होत ? कृपया छिट्टै प्रतिकृया दिनुभए आभारी हुने थिएं।

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । हजुरको स्थिति यहिनै हो भनेर माथिको लक्षणहरुबाट मात्र यकिन भएन। मुखको ग्रन्थी सुन्निने दुख्ने समस्याहरुलाइ Sialadenitis भनिन्छ। यदि Parotid gland सुन्निएमा त्यसलाई Mumps भनिन्छ । यी मुख्य गरि भाइरसको कारणले हुने भएकाले प्राय आफै ठिक भएर जान्छ । अब अपरेसन नै गर्न पर्ने खालको भए समस्या अर्कै होला। त्यहाँ के diagnosis बनाएर उपचार भइरहेको छ भन्ने कुरा सोध्नुहोला। साथै आफ्नो उपचारमा सम्लग्न भएका डाक्टरहरुलाइ आफ्नो रोगको बारेमा जानकारी लिनुहोला। शिघ्र स्वास्थ्यलाभको कामना।

Answered on 20/4/18

Post your Reply

Press Here to type in नेपाली ➤