प्रधानमन्त्री नेता बाँस्तोलाको स्वास्थ्य बुझ्न अस्पतालमा



Download our app to get more features

काठमाडौँ, ७ साउन ।  प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली काँग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको स्वास्थ्य अवस्था बुझ्न आज साँझ बाँसबारीस्थित न्यूरो अस्पताल गएका छन् ।  

छातीमा समस्या देखिएपछि गत बिहीबार परिवारले उनलाई बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारका लागि भर्ना गरेका थिए । सो क्रममा प्रधानमन्त्रीले बाँस्तोलाको अवस्थाबारे परिवारका सदस्यसँग जानकारी लिँदै उनकोको उपचारमा सरकारको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् । 

आजै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा शशाङ्क कोइरालालगायत नेता पनि बाँस्तोलाको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेको बाँस्तोलाका निजी सहयोगी राधाकृष्ण काफ्लेले जानकारी दिए । 

उपचारमा संलग्न चिकित्सक न्यूरो सर्जन डा प्रत्यूष श्रेष्ठले उनलाई अस्पताल आएको दुई दिनपछि स्वास्थ्यमा गम्भीर समस्या देखिएकाले सघन कक्षमा भेन्टिलेटरमा राखी उपचार गरिएको जानकारी दिए । 

आज उनको छातीको एक्सरे, रगतमा अक्सिजन, कार्वनडाइक्साइडको मात्रा राम्रो देखिएको भएपछि अझै केही दिन उहाँलाई सघन कक्षमा नै राखी निगरानी गर्नुपर्ने अस्पतालले जनाएको छ । 

विराटनगरमा भएको एक कार्यक्रममा सहभागी भइरहँदा २०६९ साल पुस १४ गते मस्तिष्काघात भएपछि नेता बाँस्तोला अहिलेसम्म अचेत अवस्थामा छन् । उनकी श्रीमती कुसुमले यसअघि गत चैतमा समस्या भएर अस्पताल ल्याई १५ दिन राखी उपचार गरी घर लगिएको बताइन। 

उनलाई सबै खाना पाइपबाटै खुवाउनुपर्छ । सबै खालका खाना तरल बनाएर मात्र खुवाउने गरिएको छ । अहिलेकै अवस्थामा सुधार आइरहेमा सघन कक्षबाट वार्डमा राखी उपचार गर्न सकिने भएपनि प्रत्येक दिन चुनौतीपूर्ण भएकाले अहिले नै केही भन्न हतार हुने डा श्रेष्ठले बताए। रासस 
 

Last modified on 2017-07-22 22:48:42

  1. जुनु भट्टराई

    जुनु भट्टराई हाम्रो डक्टरमा अतिथि सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts