महानगरपालिकाले ८८ वर्ष नाघेका ६ सयजनाको उपचार गर्यो (भिडियोसहित)



Download our app to get more features

काठमाण्डौ, २ साउन । काठमाण्डौं महानगरपालिकाले ८८ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकका लागि पहिलो चरणमा घरघरमा चिकित्सक सहितको समूह पठाएर स्वास्थ्य उपचार गराएको छ ।

पहिलो चरणमा महानगरपालिकाले जिल्ला जनस्वास्थ्य कार्यालय काठमाण्डौसँगको सहकार्यक्रमा ५ सय ९६ जनाको स्वास्थ्य उपचार गराएको महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले हाम्रो डक्टरलाई बताए । 

नयाँ आर्थिक वर्ष लागेसँगै स्वास्थ्य उपचारलाई विस्तार गर्ने उनले बताए । उनले भने ‘दोस्रो चरणमा यसको समिक्षा गरि निजी स्वास्थ्य संस्थासँग पनि सहकार्य गरेर अगाडी बढ्ने योजना रहेको छ ।’

भिडियो हेर्नुस् । 

Last modified on 2017-07-17 16:09:09

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts