छारेरोगको लक्षण एउटै हुँदैन



Download our app to get more features

छारेरोगलाई नेपाली समाजमा मिर्गी भनेर पनि चिनिन्छ । छारेरोग लाग्दा सबै मानिसमा एउटै लक्षण् देखिन्छ भन्ने हुँदैन । यसमा सामान्यतया व्यक्ति बेहोस हुने, हातखुटट कडा बनाउने, मुखबाट फिँज निकाल्ने, जिब्रो टोक्ने, लामो–लामो सास फेर्ने, घाँटी बाँगो बनाउनेजस्ता लक्षण देखिन्छन् । छारेरोगलाई पार्सियल सिजर र जेनरलाइज सिजर गरी दुई प्रकारमा विभाजन गर्न सकिन्छ ।

► पार्सियल सिजरमा मस्तिष्कको कुनै एउटा भागमा तरंगको गडबडी भई शारीरको कुनै एक भागमा मात्र यसको प्रभाव देखिन सक्छ । जस्तै : बुढी औँलाबाट मात्र सुरु भई हातखुट्टा हुँदै टाउकोमा पुगी पूरै बेहोस पनि बनाउन सक्छ । यस्तो अवस्थामा बिरामी पूर्ण रुपमा बेहोस भई हातखुट्टा तन्काउने, झट्का हान्ने तथा जिब्रो टोक्ने, कपडामा दिसापिसाब गर्ने समेत हुन सक्छ ।

► धेरैपटक मिर्गी आइराख्ने व्यक्तिलाई छटपटीको समस्या देखिने हुन्छ । त्यस्तै, डर लाग्ने, ढुकढुक हुने, छटपटी हुनेलगायत समस्या हुन्छ ।

► छारेरोगको उपचार गराइरहेका व्यक्तिलाई दिक्क लाग्ने, निराश हुने, नरमाइलो लाग्ने, कुरा गर्न मन नलाग्ने समस्याले सताउन सक्छ ।

► कसै–कसैमा निद्रा नपर्ने, निद्रामा बिउँझिने, छिटो उठ्ने समस्याले पनि दुःख दिन सक्छ । यस्ता बिरामी विनाकारण झर्कने, मन खुसी हुँदाहुँदै पनि रिसलाई नियन्त्रण गर्न नसक्ने, आफू र आफूलाई बिरा मगर्न सक्ने हुन सक्छ । यसरी पटक–पटक झट्का आएमा, बिर्सने समस्या भएमा, निर्णय लिन नसक्ने, एकाग्रतामा कमी, पहिलेजस्तो योजना बनाउन नसक्ने, सोच्न नसक्ने हुन सक्छन् ।

► यस्ता व्यक्ति विनाकारण टोलाउने, कम बोल्ने, शंका गर्ने, एक्लै बोल्ने समस्याबाट ग्रसित हुन सक्छन् ।

►कतिपय व्यक्तिमा आत्महत्याको सोच आउने, रोक्न खोज्दा पनि यी विचारहरुले दुःख दिने, किन गरेकोभन्दा कारण थाहा नहुने हुन सक्छ । धेरैपटक धेरै समयसम्म झट्का आइराखेका र उपचार नगराएका व्यक्तिमा बिर्सने समस्याले धेरै सताउने हुन्छ ।

► झट्का आएको केही मिनेटदेखि केही घन्टासम्म र केही दिनसम्म यस्ता बिरामी मान्छे नचिन्ने, म कहाँ छु, कुन ठाउँमा छु, मेरो वरिपरिका व्यक्ति को हुन् भन्ने नै नचिन्ने हुन सक्छ । यस्ता उपचार गर्ने क्रममा उक्त व्यक्तिलाई मानसिक समस्या त छैन भन्ने कुरा बुझ्नुपर्छ र अनिवार्य रुपमा चिकित्सकलाई देखाउनुपर्छ ।

 

(आजको नयाँ पत्रिका दैनिकबाट)

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts