मिर्गौला प्रकरणमा बोल्ने संसदलाई कार्वाही गर्न नेपाल चिकित्सक संघको माग



Download our app to get more features

नेपाल चिकित्सक संघले व्यवस्थापिका संसदमा मनमोहन अस्पतालको मिर्गाैला प्रकरणमा सांसदहरुले ज्ञान नै नभै अनावश्यक बोलेको भन्दै सांसदहरुमाथि कार्वाहीको माग गरेका छन् । 

संघले मंगलबार डाकेको आकस्मिक बैठकले मनमोहन अस्पतालका चिकित्सक प्राडा गुणकुमार श्रेष्ठले बिरामीको जीवन रक्षाकै निम्ति मिर्गाैला निकालेको निश्कर्ष पनि निकालेको छ । विज्ञप्ति जारी गर्दै संघले मिर्गौला प्रकरणलाई अतिरञ्जित गरि चिकित्सा क्षेत्रको नै बद्नाम गर्न खोजिएको आरोप लगाएको छ । संघले घटनालाई अतिरञ्जित गरेको भन्दै सञ्चारमाध्यमको पनि आलोचना गरेको छ । मिर्गौला प्रकरणमा बोल्ने सांसदहरु माथि कार्वाही माग गर्दै संघले सभामुख समक्ष ज्ञापनपत्र बुझाउने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ । 

संघले यस्ता घटनाहरुको छानबीन गर्न कानून भएपनि पालना नभएको भन्दै सरकारको आलोचना गरेको छ । संघले चिकित्सा क्षेत्रलाई बदनाम गराउन खोजिएको भन्दै आवश्यक परे कडा आन्दोलन गर्ने चेतावनी पनि दिएको छ । 
विज्ञप्ति हेर्नुहोस् ।

 

Last modified on 2017-07-12 12:39:42

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts