दैनिक कुरिलो खानुहोस्, आयुर्वेदमा कुरिलोको महत्व यस्तो छ...(भिडियो सहित)



Download our app to get more features

कुरिलो शक्ति र स्वास्थ्य दुवैको लागि अति महत्वपूर्ण मानिन्छ । धेरैलाई थाहा नहुनपनि सक्छ, कुरिलो आयुर्वेदिक औषधि हो,जसले धेरै रोग निको पार्न सहयोग गर्छ । कुरिलोको महत्वबारे यसो भन्छन् वरिष्ठ आयुर्वेद चिकित्सक डाक्टर राजेन्द्र कुमार गिरी...

आयुर्वेदका अनुसार कुरिलोको महत्व धेरै छ । कुरिलोको सबै भाग(जरा काण्ड,टुसा) अति उपयोगी छन् ।  कुरिलोलाई स्वास्थ्यवद्र्धक र शक्तिवद्र्धक दुवैको रुपमा लिइन्छ । 

कुरिलोको जरामा निम्न पोषणतत्व पाइन्छ :

  • डाईस्याकराईड्स,
  • स्टार्च , प्रोटीन 
  • डि–ग्लुकोज पाईन्छ जुन स्वास्थको लागि धेरै उपयोगी मानिन्छ । 

साथै यसमा सताभरिन, ट्यानिन, अल्कोलोईड्स स्यापोनिन पनि पाईन्छ । 

कुरिलोको बोक्रामा ब्याक्टेरिया र ढुसिनासक गुण पाइन्छ ।

कुरिलो गर्भवति महिला वा स्तनपान गराउने महिलाको लागि धेरै उपयोगी मानिन्छ । कुरिलोको जरालाई धुलो बनाएर वा काण्डलाई तरकारीको रुपमा प्रयोग गर्दा दूध नआउने आमामा दूध आउँछ ।

कुरिलोले रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्दछ । कुरिलोले स्मरण शक्ति बढाउनका साथै शरीरमा स्फूर्ति दिन्छ । 

कुरिलोको सेवनले निम्न रोग निको पार्न सहयोग गर्छ :

  • क्षयरोग
  • दादुरा
  • स्नायु प्रणाली सम्बन्धी रोग
  • दम
  • क्यान्सर आदि । साथै यसको जराको रस निकालेर चूर्ण बनाएर वा पकाएर दूधमा घोली खान सकिन्छ । जसले
  • अम्लपित्त 
  • रक्तचाप नियमित गर्न
  • पिसाव पोल्ने
  • बढी रक्तस्राव, दूर्वलता आदिलाई सन्तुलित राख्न सहयोग गर्छ । 

कुरिलो रसायन पनि हो । यसले शरीररलाई आवश्यक पर्ने अधिकांश पोषण प्रदान गर्ने भएकाले संभव भएसम्म कुरिलोको प्रयोग गर्नु राम्रो यो सबै उमेर समुहका मानिसका लागि उपभोगी हुन्छ ।

भिडियो हेर्नुस् । 

Last modified on 2017-07-12 12:40:31

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts