फोक्सोको संक्रमण : विशेषज्ञ भन्छन् बेलैमा उपचार नभए हृदयघातभन्दा खतरा (भिडियो सहित)



Download our app to get more features

छिल्लो समय चिकित्सा विज्ञानले नयाँनयाँ रोग पत्ता लगाउने गरेको छ । प्रदुषित वातावरण, अस्वस्थ खानपान विलासी जीवनशैलीका कारण यस्ता रोग बढीरहेको पाइन्छ । केही वर्षयता फोक्सोको संक्रमणका बिरामी पनि बढिरहेका छन् । किन हुन्छ फोक्सोको संक्रमण र कसरी बच्ने ? कन्सल्टेन्ट फिजिसियन डाक्टर खेमराज भुसालका सुझाव...

फोक्सोमा विभिन्न खालका किटाणु प्रवेश गर्नु वा किटाणुले फोक्सोमा हानी पुर्याउनु नै फोक्सोमा संक्रमण हुनु हो  । फोक्सोमा विभिन्न व्याक्टेरिया ,भाइरस, फंगाई लगायतका किटाणुले संक्रमण गराउँछ । 

सुरुसुरुमा भाइरल संक्रमण गराउने र पछि गएर अन्य व्याक्टेरियाले पनि प्रवेश गरि फोक्सोको संक्रमण गराउने गर्दछ ।

फोक्सोको संक्रमण हुने प्रमुख कारण :

  • विभिन्न किटाणु तथा जिवाणुको आक्रमण ।
  • रोग प्रतिरोधात्मक क्षमता कम हुनु ।
  • टीबी, निमोनिया लगायतका दीर्घरोग लाग्नु ।
  • रगत लगाएतका अन्य अंगमा भएको संक्रमण बढ्दै गएर फोक्सामा फुग्नु ।

फोक्सोको संक्रमण हुदा निम्न लक्षण देखिन्छन् :

  • स्वाँस्वाँ बढि हुने ।
  • छाती दुख्ने ।
  • खोकी लाग्ने ।
  • जीउ गल्ने ,भारी हुने ।
  • कोहीकोहीमा खकारमा रगत देखिने ।
  • खाना मन नलाग्ने ।

बच्ने उपाय :
फोक्सोको संक्रमणलाई सामान्य रुपमा लिनु हुँदैन । फोक्सोमा हुने यस्तो संक्रमणको समयमै उपचार गरिएन भने हृदयघात, स्ट्रोकभन्दा बढि जोखिमयुक्त हुन्छ । साथै, फोक्सोमा पानी भरिने, पीप भरिने जोखिम हुन्छ । यसर्थ,

  • प्रदुषित वातावरणबाट बच्ने ।
  • सक्रिय जीवनशैली अपनाउने ।
  • स्वस्थ खाना खाने ।
  • धुम्रपान तथा मद्यपान नगर्ने ।
  • कुनैपनि लक्षण देखिँदासाथ परीक्षण गराउने ।

भिडियो हेर्नुस् । 

Last modified on 2017-07-09 10:31:04

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts