औषधिको सहि प्रयोग नहुँदा बिरामी झन् झन् रोगी बन्दै



Download our app to get more features

काठमाडौ, १२ असार । औषधिको समुचित प्रयोग नहुँदा बिरामीको स्वास्थ्य राम्रो हुनुको सट्टा अझ बिग्रँदो अवस्थामा रहेको भन्दै विज्ञहरुले त्यसरी औषधि सेवन नगर्न सुझाव दिएका छन् ।

किष्ट मेडिकल कलेजले आयोजना गरेको ‘औषधिको समुचित र स्वयम् औषधिको प्रयोग’ बारे गरिएको एकदिने तालिममा बिज्ञहरुले यस्तो सुझाव दिएका हुन् । सो तालिममा बरिष्ठ बालरोग बिशेषज्ञ प्रा.डा. रमेशकान्त अधिकारीले धेरैजसो अभिभावकअरुले आफ्नो लागि मात्र नभएर आफ्ना बालबालिकालाई समेत स्वास्थ्य समस्या देखापरेको खण्डमा आफुखुसी औषधि खुवाउने गरेको बताए ।  यसरी आफुखुसी औषधि सेवन गर्दा तत्कालीन समस्याको सावधान भए पनि त्यसले दीर्घकालिन असर पु¥याउने प्रा.डा. अधिकारीले बताए । सामान्य रुघाखोकी तथा ज्वरोका लागि दिइने औषधि प्यारासिटामोल बाहेक अन्य औषधि चिकित्सकको सल्ल्लाह बिना सेवन गर्न नहुने उनको भनाइ छ । 

औषधिको समुचित प्रयोग भन्नाले बिरामीहरुले आफ्नो रोगअनुृसार उपयक्त मात्रामा उचित समयका लागि व्यक्ति र समुदायलाई उपयु्क्त हुने न्युनतम मुल्यमा औषधि उपलब्ध हुनुपर्ने भनि विश्व स्वास्थ्य संगठनले परिभाषित गरेको छ । यस प्रकृयामा बिरामीहरुको समस्याको पहिचान वा उपचार प्रभावशाली तथा सुरक्षित हुनुपर्ने, सिफारिसमा लेखिएका औषधिहरुको बारेमा बिरामीहरुलाई राम्रोसँग जानकारी दिने तथा उपचार सम्बन्धि बिभिन्न चरणहरु संलग्न हुने कुरा उल्लेख गरिएको छ । 

बरिष्ठ नेफ्रोलोजिष्ट प्रा.डा. कुमुद कुमार काफ्लले नेपालमा बिरामीको उपचारका क्रममा  उपचारकहरुले उक्त आधारहरुलाई पालना गर्ने नगरेको पाइएको बताए । उपचारकहरुले औषधिको समुचित प्रयोगबारे डब्लुएचओको प्रकृया पुरा गरेको पाइँदैन, यो दुभाग्यको कुरा हो, उनले भने, ‘बिभिन्न अध्ययनले देखाएअनुशार यस्ता नियमहरु पालना नगर्दा उपचार नै रोगी हुने गरेको पाइएकाले यसमा उपचार दिने र लिने दुबै पक्ष सचेत हुनुपर्ने देखिएको छ’ । 

त्रिवि शिक्षण अस्पतालका क्लिनिकल फर्माकोलोजीष्ट तथा नेपाल मेडिकल काउन्सिलका सदस्य डा. सतिसराज देवले पछिल्लो समयमा नेपालमा महिलाहरुले सेवन गर्ने गर्भनिरोधक चक्की पिल्सलाई नियमित रुपमा सेवन गर्ने, चिकित्सकले दिएको औषधि पुरा सेवन नगर्ने जस्ता समस्या  प्रमुख समस्याको रुपमा रहेको औल्याएँ । वरिष्ठ बालरोग बिशेषज्ञ प्रा.डा. रमेशकान्त अधिकारीले औषधिको समुचित प्रयोगनहुदा बिरामी निको हुनुको सट्टा अझ रोगी बन्न पुग्ने भएकाले यसबाट बच्न बिरामी स्वयम् उत्तरदायी बन्नु आवश्यक रहेको बताए । 

किष्ट मेडिकल कलेज, फार्मोकोलिजी विभागकी सहायक प्राध्यापक डा. निशा झाले नेपालको भौगोलिक बनावटका कारण सबै ठाउमा चिकित्सकको उपलब्धता नहँुदा बरामीहरुले पहिलो अस्पालको रुपमा फर्मेर्सीलाई लिनुपर्ने बाध्यता रहेको भन्दै यसले आफुखुसी औषधि सेवन गर्न प्रोत्साहन पुगेको बताइन् । 

औाषधि ब्यवस्था बिभागका सुचना अधकृत सन्तोष केसीले देशभर चिकित्सकको सहज उपलब्धता नभएको तथा स्वास्थ्यसस्था जाँदा चिकित्सकको फि पनि तिर्नुपर्ने भएकाले आफुखुसी औषधि सेवन गर्नेहरु बढ्दै गएका छन बताए । उनले भने ‘यस्ता औषधिको  सेवन अफुखुसी गर्दा तत्कालाई आराम मिल्ला तर यसरी निरन्तर आफुखुसी औषधि सेवनले दिर्घकालिन रुपमा असर पुर्याइरहेको हुनाले सचेत हुनु अति आवश्यक छ ।‘

नेपालमा कति मानिसहरु औषधिको प्रयोग सहि तरिकाले प्रयोग गर्छन भन्नेबारे यकिन तथ्याङक छैन । तर पनि नेपाललमा यस बिषयमा भएका बिभिन्न अध्ययनहरुले नेपालका करिव झण्डै ६० प्रतिशत नेपालीलाई औपाधिको प्रयोगबारे सहि जानकारी नभएको पाइएको हो ।

Last modified on 2017-09-02 14:14:31

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts