रक्तदाताले दान गरेको एक प्रतिशत रगत संक्रमित: ब्लड बैक



Download our app to get more features

काठमाडौ, ११ असार । गत वर्षमा रक्तदाताले दान गरेको संकलित करीब एक प्रतिशत रगत बिभिन्न रोागको संक्रमित रहेको पाइएको छ । केन्दीय रक्तसञ्चार केन्द्र ब्लड बैकका अनुसार गत बर्षमा संकलित १ प्रतिशत अर्थात २ हजार ३ सय पोका रगतमा एचआईभी, हेपाटाइटिस बी, हेपाटाइटिस सी र सिफलिस जस्ता रोगका जीवाणु भेटिएको हो ।

दान गरिएको रगत चढाउँदा बिरामीलाई एचआइभी, हेपाटाइटिस लगायतको संक्रमण भैरहेको भन्ने आशयको समाचारहरु आएपछि केन्द्रिय रक्तसञ्चार केन्द्र र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आइतबार पत्रकार सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनमा  केन्द्रीय ब्लर्ड बैंककी निर्देशक डा. मनिता राजकर्णिकारले सबै रगतहरु विश्व स्वास्थ्य संगठनको मापदण्ड पुरा गरी नेपाल सरकारको राष्ट्रिय रक्तसञ्चार व्यूरोले निर्दिष्ट गरेको विधि अनुसार परीक्षण गरी सेवा प्रदान गर्दै आएको बताइन् । उनले भनिन् ‘दान गरीएको रागत बिरामीलाई दिनु पुर्व एचआइभी, हेपाटाइटिस बी, हेपाटाइटिस सी र सिफिलिस रोगको परिक्षण गरिन्छ ।’ 

स्थापना वर्षमा एकसय ५७ युनिट रगत संकलन गरेको रक्तसञ्चार सेवाले गत वर्षसम्म आउँदा दुई लाख युनिट भन्दा बढी रगत संकलन गरेको छ । रक्तसञ्चार केन्द्रले गत वर्षसम्म आउँदा दुई लाख ३० हजार नौ सय ८६ युनिट रक्त संकलन गरी तीन लाख १० हजार छ सय २३ युनिट रगत वितरण गरेको छ । जसमा एचआइभी ०.०३ , हेपाटाइटीस् बी ०.३३, हेपाटाइटीस् सी ०.२३ र सिफिसिल ०.४ प्रतिशत रगतमा जीवाणु भेटिएको भेटिएको थियो । जसका कारण संकलित रगत मध्ये एक प्रतिशत रगत बिरामीलाई चडाउनै नमिल्ने राजकर्णीकारले बताइन । 

नेपालमा हाल ७२ जिल्लाको एकसय पाँच स्थानबाट रक्तसञ्चार सेवा उपलब्ध हुदै आएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. राजकुमार महतोले  ९९.९९ प्रतिशत रगत सुरक्षित भएको दावी गरे । उनले भने ‘सतप्रतिशत सुरक्षीत कुनै पनि कुरामा गर्न नसकिदैन त्यसैले रगत सतप्रतिशत होइन् ९९.९९ प्रतिशत सुररिक्ष रहेको छ ।’स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक डा. रमेश बिक्रम सिंहले यदि स्वस्फूर्त दान गरिने रगतबाट बिरामीमा एचआइभी सरेको हो भने त्यसको छानबिन गर्न जुरुरी रहेको बताएका छन् ।

Last modified on 2017-06-26 14:54:49

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts