यसरी बच्न सक्नुहुन्छ कम्मरको दुखाईबाट

What's This?


Download our app to get more features

कम्मर दुख्ने समस्या आजभोली सामान्य भइसकेको छ । यसको प्रमुख कारण भनेको कामको समयमा लामो समय एकै ठाउँमा बस्नु हो । गह्रौँ बस्तु उठाउनाले कम्मरको तल्लो भागमा रहेको डिस्क घोटिएर पनि दुखाई हुने गर्दछ । 

धेरै जसो मानिसहरु कम्मरको दुखाईबाट छुटकारा पाउन पेन किलर खाने गर्दछन् । पेन किलरले क्षणिक दुखाई कम गरेपनि दिर्घकालिन समाधान भने हुन सक्दैन । यहाँ केही टिप्सहरु दिईएको छ जुन तपाईँलाई सहयोगी हुनसक्दछ । 

  • कम्प्यूटरको अगाडी लामो समयसम्म नबस्नुहोस् । 
     
  • हरेक घण्टा आफू बस्ने कुसीबाट उठ्नुहोस् र पाँच मिनेटको ब्रेक लिनुहोस् । 
     
  • बस्दैगर्दा समयसमयमा आफ्नो बसाईको तरिका परिवपर्तन गर्नुहोस् र थकाई महशुस भएमा उठेर शरिर तन्काउनुहोस् । 
     
  • बस्नका लागि आरामदायी कुर्सीको छनौट गर्नुहोस् । 
     
  • बस्दा तपाईँको घुँडा ९० डिग्रीमा र कम्मर सीधा राख्नुहोस् । 
     
  • खुट्टा खप्टाएर बस्ने बानी हटाउनुहोस् । 
     
  • उठ्ने बेलामा आफ्नो तौललाई सन्तुलनमा राखेर उठ्नुहोस् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts