मानसिक रोग समास्याको समाधान



Download our app to get more features

मानसिक रोगलाई मेडिकल साइस्नसमा न्युरोसिस र साइकोसिस गरी दुई भागमा हेरिन्छ । न्युरोसिसलाई सुरुवातको सामान्य मानसिक रोग मानिन्छ भने साइकोसिसलाई गहन मानसिक रोगको रुपमा हेरिन्छ । न्युरोसिस भएको अवस्थामा रोगीले आफूलाई भएको सम्पूर्ण समस्या थाहा पाउँछ, ऊ समस्याबाट ठीक हुन चाहन्छ । तर, साइकोसिस भएको बिरामीले आफूलाई भएको समस्याबारे थाहा पाउँदैन । न्युरोसिसबाट पछि साइकोसिस हुन्छ भन्ने पनि होइन । अचानक भएको अकल्पनीय घटना मस्तिष्कले सामना गर्न नसकेर साइकोसिस पनि हुन सक्छ ।

व्यक्ति अनुसार मानसिक समस्याका लक्षण फरक हुन सक्छन् । तीमध्ये केही लक्षण यस प्रकार छन् ः 

१. असम्भावित घटना हुने कुरामा डराउने हुन्छ । जस्तै ः बेहोस हुँला कि भन्ने, मानसिक सन्तुलन गुमाउँला कि भन्ने, मृत्यु होला कि भन्ने आदि ।

२. हातखुट्टा वा शरीरबाट पसिना आउने ।

३. मनमा धेरै कुरा खेलाउने, तर्सिने, झस्किने ।

४. अकारण तुरुन्तै दुःखी अनि खुसी हुने ।

५. एक ठाउँमा बस्न नसक्ने, छटपटी हुने ।

६. मुटुको धड्कन काम्ने। अचानक शारीरिक कमजोरी हुने ।

७. बेसुरले बोल्ने, वेलावेलामा बेहोस हुने ।

७. सामान्य अवस्थामा भन्दा यौनेच्छामा कम आउने ।

८. बढी रिसाउने, झर्किने, दैनिक काममा मन नलाग्ने, निद्रा नलाग्ने वा निद्रा मात्रै लागि रहने ।
 
परामर्श आवश्यक नेपालमा मनोपरामर्श केन्द्रहरु भएपनि त्यहाँ परामर्श गर्न त्यति जाने गरेका छैनन् । त्यस्तै, अस्पतालहरुमा मानसिक विभाग र मनोविज्ञान विभागहरु रहेका छन् । मानसिक चिकित्सकले परामर्शभन्दा पनि औषधिको सेवन गराउँछ भने मनोपरामर्शदाताहरुले औषधि सेवन गर्ने सल्लाह नदिई परामर्श गर्ने गर्दछन् । त्यसैले बिरामीलाई अन्यौलमा नपारी साधारण रोगीलाई चिकित्सकहरुले पनि मनोपरामर्श केन्द्र पठाउने र मनोपरामर्श केन्द्र पठाउने र मनोपरामर्शदाताहरुले पनि असाध्य रोगीलाई चिकित्सककहाँ पठाउनु राम्रो हुन्छ ।

औषधि सेवन

असाध्य मानसिक रोगीलाई सम्बन्धीत चिकित्सकसँगको सल्लाहअनुसार औषधि लिनुपर्ने हुन सक्छ । असाध्यबाहेकका मानसिक समस्यालाई औषधिले भन्दा योग, प्राणयाम, ध्यानबाट पूर्ण रुपमा ठीक गर्न सकिन्छ । जसको लागि दैनिक साधना गर्नुका साथै धैर्यको खाँचो हुन्छ । त्यसका साथै सकारात्मक चिन्तन, सन्तुलित भोजनले पनि सहयोग गर्दछ ।
 

(आजको नयाँ पत्रिकाबाट)

Last modified on 2017-06-18 17:47:37

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts