पाँचजिल्लामा आजदेखि हात्तिपाइलेको औषधि खुवाइँदै, क-कसले औषधि नखाने ? 



Download our app to get more features

काठमाण्डौ, १७ चैत । सरकारले पाँचवटा जिल्लामा आजबाट हात्तिपाइले विरुद्धको आमऔषधि खुवाउँदैछ । 

हात्तिपाइले नियन्त्रण अभियान अन्तर्गत आजदेखि झापा, मोरंग, सुनसरी, उदयपुर र कपिलवस्तुमा औाषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ  । 

औषधि सेवनलाई लिएर कतिपय भ्रम रहेको अवस्थामा निर्धक्क भएर औषधि खानपनि महाशाखाले आग्रह गरेको छ । हात्तिपाइले नियन्त्रण अभियान अन्गर्गत अहिलेसम्म १० करोडभन्दा बढिमात्रा हात्तिपाइलेको औषधि खुवाइएको छ । 

कसले खानु हुँदैन औषधि ? 

हात्तिपाइलेको औषधि २ वर्षभन्दा मुनीका बालबालिकालाई खुवाउनु हुँदैन । त्यस्तै गर्भवति महिला, सातदिनसम्मको सुत्केरी, सिकिस्त बिरामी र छारेरोगीले खान हुँदैन । चिकित्सकको सल्लाह बमोजिम खानासँगै वा खानापछि औषधि खान इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । 

औषधि खाएपछि के हुन्छ ? 

हात्तिपाइलेको औषधि खाएपछि सामान्य क्षणिक शारीरिक प्रतिक्रियाहरु देखिन्छन् । औषधि खाएपछि हात्तिपाइलेको परजीवी भएका शरीरमा उच्च जरो आएजस्तो हुने, टाउको दुख्ने, रिंगटा लाग्ने जस्ता सामान्य असर देखिनसक्छ । यस्ता असरहरु सामान्यरुपमा केही समयमा ठीक हुने र नभए चिकित्सकसँग जाँच गराउन स्वास्थ्य मन्त्रालयले अपिल गरेको छ । 

Last modified on 2017-03-30 12:26:58

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts