चुनौतीपूर्ण बन्दै क्षयरोग नियन्त्रण



Download our app to get more features

काठमाडौं, ११ चैत । सहरीकरणसँगै बदलिँदो जीवनशैली, जनचेतनाको अभावमा रोग लुकाउने प्रवृत्ति र बढदो जनसंख्याको चापका कारण क्षयरोग निवारण चुनौतीपूर्ण बन्दै गएको चिकित्सकहरूले बताएका छन् । विश्व क्षयरोगविरुद्ध दिवसका अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा उनीहरूले बीचैमा औषधि खान छोड्ने प्रवृत्तिले रोग नियन्त्रण चुनौतीपूर्ण बनेको बताए ।

राष्ट्रिय क्षयरोग केन्द्रको तथ्यांकअनुसार आव ०७२र७३ मा ३२ हजार ३ सय ७९ जना क्षयरोगका बिरामी उपचारका लागि अस्पताल भर्ना भएका थिए । जसमध्ये २३ हजार ५ सय २७ जना (७२ प्रतिशत) फोक्सोमा हुने क्षयरोगका बिरामी देखिए । त्यस्तै ८ हजार ८ सय ५२ (२८ प्रतिशत) फोक्सो बाहिर हुने क्षयरोगका बिरामी भएको तथ्यांक छ । क्षयरोगीमध्ये १ हजार ७ सय ६९ बालबालिका छन् । पुरुषको तुलनामा महिलामा क्षयरोग लाग्ने दर कम देखिएको चिकित्सकहरूले बताए । गत वर्ष क्षयरोगी महिलाको संख्या ११ हजार ६ सय ६० थियो भने यस वर्ष यो संख्यामा कमी आएको छ । नेपालमा दैनिक सरदर १२ जना क्षयरोगकै कारण मर्ने गरेको चिकित्सकहरूले बताए । क्षयरोगबाट अकालमा हुने मुत्यु दर न्यूनीकरणका लागि राज्यलगायत सबैको ध्यान जान जरुरी रहेको क्षयरोग केन्द्रका निर्देशक डा. शरदचन्द्र वर्माले बताए । 

समयमै रोगको पहिचान गरी उपचार गराएमा ८५ प्रतिशत क्षयरोग 

सजिलै निको हुने उनले बताए । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा बर्षेनी ४३ हजारभन्दा बढीलाई क्षयरोगको संक्रमण देखिने गरेको पाइन्छ । केन्द्रले बर्से्नि ९ हजार क्षयरोगीलाई उपचारको पहुँचमा र्पुयाउन नसकेको जनाएको छ । संगठनले सन् २०५० सम्म क्षयरोग मुक्त संसार बनाउने उद्देश्य लिएको छ । यसका लागि संगठनले क्षयरोगसम्बन्धी ५ वर्षे रणनीति २०१६–२१ तयार पारिसकेको बताइएको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तले ग्रामीण भेगमा यस रोगको संक्रमण बढिरहेको बताए । गाउँस्तरमा यस रोगबारे व्यापक चतेना फैलाउनुपर्ने उनको भनाइ छ । उनले स्वास्थ देखिने मानिसमा पनि क्षयरोगका किटाणु हुन सक्ने भएकाले यस विषयमा राज्य गम्भीर भएर लाग्नुपर्ने बताए । नेपालका कुनाकाप्चामा अझै पनि ९ हजारभन्दा बढी बिरामी सम्पर्क बाहिर रहेको केन्द्रले जनाएको छ । देशभर छरिएर रहेका ५ सय ९६ माइक्रोस्कोपी सेन्टरबाट क्षयरोग निदान सेवा चलाइरहेकाले पनि यसलाई सजिलै पूर्णरूपमा निर्मूल पार्न सकिने केन्द्रका छाती रोग विशेषज्ञ डा. मोहन प्रसाईले बताए । देशका विभिन्न २९ वटा क्षयरोग उपचार केन्द्रमा जिन एक्सपर्ट सेवा सञ्चालन भइरहेको उनी बताउँछन् ।

पहिले क्षयरोगीले २० देखि ३० महिनासम्म नियमित औषधि सेवन गर्नुपथ्र्यो भने अहिले ९ देखि १२ महिनामात्र नियमित औषधि सेवन गरे निको हुने खालको औषधि ल्याएको डा. वर्माले बताए । केन्द्रमा गत वर्षमात्रै ३ सय ५२ जना क्षयरोगका नयाँ बिरामी थपिएको तथ्यांक छ । चिकित्सकका अनुसार क्षयरोगीलाई उपचार गर्ने क्रममा स्वास्थ्यकर्मीलाई नै यसको किटाणु सर्ने भएकाले समेत क्षयरोग निकै चुनौतीपूर्ण बन्दै गएको बताइएको छ ।

 

(आजको कान्तिपुर दैनिकमा फातिमा बानुले लेखेको समाचार)

Last modified on 2017-06-19 13:35:21

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts