‘हाम्रो डक्टर’ दोश्रो वर्षमा, बैशाखदेखि नयाँ सेवा सुरु गरिने



Download our app to get more features

काठमाण्डौ, ६ चैत । आमनागरिकमा स्वास्थ्य सचेतना अभिवृद्धि गराउनुका साथै अनलाईन स्वास्थ्य सेवा दिने उद्देश्यले स्थापीत हाम्रो डक्टर दोश्रो वर्षमा प्रवेश गरेको छ । 

डिजिटल मिडियाका नयाँ स्वरुप अनलाईन र मोबाइल एप्लिकेशनका साथै मासिक पत्रिकाका रुपमा समेत प्रकाशन भैरहेको हाम्रो डक्टरले स्थापनाको पहिलो वर्ष पूरा गरेको हो । पहिलो वर्ष मूख्यगरी स्वास्थ्य समाचार र सचेतना वृद्धिमा क्रियाशिल रहेको हाम्रो डक्टरले आउँदो बैशाखदेखि अनलाइनबाटै स्वास्थ्य सेवा दिने प्रणालीलाई कार्यान्वयनमा ल्याउँदै छ । 

सुरुवातदेखि नै वेभसाइट र एप्लीकेशनमा देशभरका विभिन्न स्वास्थ्य सेवा प्रदायकहरुको विवरण राखिएको हाम्रो डक्टरमा अब अनलाइनबाटै चिकित्सकसँग अनलाईन परामर्श लिनसक्ने र डाक्टरसँग समय लिने सेवा सुरु हुन लागेको हो । जसमा प्रयोगकर्ताले चिकित्सकसँग परामर्श गरेबापत हाम्रो डक्टरबाटै अनलाईन भुक्तानी समेत गर्नसक्ने हाम्रो डक्टरका प्राविधिक प्रमखु अशोक बस्नेतले जानकारी दिए ।  

स्वास्थ्य क्षेत्रको आमसञ्चारको माध्यमका रुपमा स्थापित हाम्रो डक्टरले अब सेवामुलक अनलाइनका रुपमा अघि बढ्न प्राविधिक तयारी गरिरहेको छ । यसका लागि आवश्यक प्रणाली बनेसँगै एकमहिनाभित्र यसको परीक्षण सुरुवात गरिन हाम्रो डक्टर सञ्चालन गरिरहेको हेल्दी लाइफ फाउण्डेशनका अध्यक्ष उद्धवराज भेटुवालले बताए ।

Last modified on 2017-09-02 16:34:30

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. congratulation to all the team.


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts