बच्चाहरुमा जलवियोजन किन हुन्छ ?(भिडियो सहित)



Download our app to get more features

च्चाहरुमा जलवियोजन के कारणले हुन्छ र यसबाट कसरी जोगाउँने? अभिभावकको भूमिका के ? बालरोग विशेषज्ञ डाक्टर सुवर्ण कुवँरका सुझाव यस्ता छन् । 

शरीरमा पानीको मात्रा कम हुनुलाई नै जलवियोजन भनिन्छ । अधिकांश बच्चाहरुमा जलवियोजनको समस्या देखिन्छ । कारण बच्चाको उमेर एकदमै संवेदनशील उमेर हो । रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले पनि थोरै प्रतिकूल अवस्थामा पनि रोग लागिहाल्ने सम्भावना बढी रहन्छ । 

बच्चाहरुमा जलवियोजन हुने प्रमुख कारण यस्ता छन् :
१. लगातार बान्ता हुनु ।
२. पेटमा विभिन्न खाले संक्रमण भएर लामो सयमसम्म पखाला लाग्नु ।
३. पानी एकदमै कम पिउनु ।
४. भाइरल संक्रमण हुनु ।
५. फूड पोइजनिङ हुँदा झाडाबान्ता हुन्छ र जलबियोजन पनि हुन्छ ।

जलवियोजनका प्रमुख लक्षणहरु :
१. मुखमा पानीको मात्रा कम हुने ।
२. आँखामा आँसुको मात्रा कम हुने ।
३. छालाको तन्काई कम हुनुको साथै कडा हुने ।
४. बच्चाहरु आलस्य हुने, झिँ झिँ गर्ने ।
५. खाना मन नगर्ने ।

जलवियोजन हुनबाट बच्ने उपाय :
बच्चाहरुलाई आफु कसरी स्वास्थ राख्ने भन्ने थाहा हुँदैन । त्यस अर्थ बच्चाको स्वास्थ्यमा सदैब अभिभावक सचेत हुनुपर्छ । बच्चाको उमेर हेरेर त्यही तरिकाको सचेतता अपनाउनुपर्छ अभिभावकले । जस्तै :
१. बच्चालाई सँधै सफा राख्ने ।
२. शौचालय गएपछि साबुन पानीले राम्रोसँग हात धुन लगाउने, सानो बच्चा भए दिसापिसाव राम्रोसँग सफा गरिदिने ।
३. बच्चालाई खुवाउनु अगाडी राम्रोसँग हात धुने ।
४. बच्चालाई खुवाउने भाडाकुँडा सफा हुनुपर्छ ।
५. सधै सफा,स्वच्छ र स्वस्थ खाना सुवाउने । सकेसम्म जंकफुडहरु नखुवाउने ।
६. बच्चा बस्ने स्थान सफा राख्ने । जसले गर्दा झाडापखला लगायतका संक्रमण हुँदैन र जलवियोजन हुन पाउँदैन ।

अभिभावकले ध्यान दिनुपर्ने कुरा :
जलवियोजनलाई धेरैले सामान्य रुपमा लिन्छन् । थोरै मात्र जलवियोजन भएको छ भने जीवनजल लगायत, झोलिलो कुरा, नुनपानी खुवाएर निको पार्न सकिन्छ । तर धेरै मात्रामा भयो भने बच्चाको ज्यान समेत जानसक्छ ।

भिडियो हेर्नुस् ।

Last modified on 2017-03-29 22:55:34

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts