रेबिजले गाउँले त्रसित



Download our app to get more features

चितवन, ८ फागुन । चितवनको दारेचोक ७ चुम्लिङटारमा रेबिज आतंकले गाउँले त्रस्त छन् । बौलाहा कुकुरका कारण रेबिज फैलिएको हो । 

स्थानीय चन्द्रमणि सापकोटाका अनुसार सन्तोष गुरुङले पालेको कुकुर माघ १७ गते मरेको थियो । मरेको कुकुरलाई नगाडी सार्वजनिक स्थानमा फालिएको थियो । ‘कुकुर मात्र होइन, हाम्रो घरमा पालेको गाई पनि सोमबार शंकास्पद तरिकाले र्मयो,’ उनले भने, ‘गाईलाई खाल्डो खनेर र्पुयौं ।’ 

फालेको कुकुरलाई स्यालले खाएको र त्यसले गाईलाई टोकेकाले रेबिज लागेको अनुमान गरिएको छ । शंका लागेका कुकुरलाई धमाधम मार्न थालिएको छ । दुई दर्जन बढी गाई, भैंसी र बाख्रालाई कुकुरले टोकेकाले भ्याक्सिन लगाउन सुरु गरिएको छ । 

स्थानीय भेटेरिनरी प्राविधिक सन्तोष पोखरेलका अनुसार चुम्लिङटारको होटलमा मंगलबार ४ जना यात्रुलाई बौलाहा कुकुरले टोकेको थियो । त्यस्तै सोमबार बिहान पनि ५ जना गाउँलेलाई कुकुरले टोकेको थियो । ‘कुकुरलाई बुधबार घरधनीले नियन्त्रणमा लिए,’ उनले भने, ‘बिहीबार त्यो कुुकुर मरेपछि गाउँमा त्रास फैलिएको हो ।’ 

गाउँको स्वास्थ्यचौकीमा भ्याक्सिन नहुँदा स्थानीय थप पीडामा छन् । जनस्वास्थ्य कार्यालयले कुनै चासो नदेखाएको स्थानीयले गुनासो गरेका छन् । स्वास्थ्यचौकीमै भ्याक्सिन उपलब्ध हुनुपर्ने उनीहरूले माग गरेका छन् । 

जिल्ला पशु सेवा कार्यालयले गाउँमै पुगेर पशुचिकित्सक खटाएर चौपायाको अवस्था बुझी भ्याक्सिन लगाउने व्यवस्था गरेको छ । ‘सोमबार मरेको गाई र कुकुरको गिदी परीक्षणका लागि केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा पठाइएको थियो,’ कार्यालयका प्रमुख डा. डिल्लीराम सेढाईले भने, ‘शुक्रबार रिपोर्ट आउँदा पोजेटिभ देखियो, अहिले उक्त क्षेत्रमा पशु चिकित्सक मिलन चौधरीको नेतृत्वमा टोली खटिएको छ ।’ 


(आजको कान्तिपुर दैनिकमा समाचार छ)

Last modified on 2017-02-19 09:49:51

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts