कम सुत्नु जोखिमपूर्ण



Download our app to get more features

बढी समय काम गर्नु र कम समय सुत्नु मुटुको स्वास्थ्यका लागि खतरनाक हुन सक्छ ।

दमकल, आकस्मिक चिकित्सा सेवा, रेजिडेन्ट डाक्टर तथा बढी तनावमा काम गर्ने व्यक्तिहरुले सुत्ने समय कम पाउँछन् । जर्मनीको युनिर्भसिटी अफ बानमा यस अध्ययनका मुख्य व्यक्ति ड्यानियल कुएटिङका अनुसार २४ घण्टे सिफ्टले गर्दा कम सुत्न पाउने व्यक्तिहरुमा मुटु संकुचित हुने स्वाभाविक क्षमता, रक्तचाप तथा मुुटुको चालमा अस्वभाविक वृद्धि हुन्छ ।

अध्ययनमा औसत ३१.६ वर्ष आयु वर्गका २० स्वस्थ रेडियोलजिस्टलाई सामेल गरियो । तिनमा १९ पुरुष र एक महिला थिए । औसत तीन घण्टाको सिफ्टभन्दा पहिले र पछि कार्डियो भास्कुलर म्याग्नेटिक रिजोनेन्स गराइयो ।

अनुसन्धानकर्ताहरुले सहभागीहरुको रगत र पिसाबको नमुना समेत संकलन गरे । रक्तचाप र मुटुको चाल पनि नापे । त्यसमा अल्पकालीन रुपमा कम सुत्ने सहभागीको रक्तचाप र मुटुको चाल बढी पाइयो ।


(आजको कान्तिपुर दैनिकमा समाचार छ)

Last modified on 2017-07-04 12:56:35

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts