ग्रान्डीमा बालरोग विभाग



Download our app to get more features

काठमाडौ, ७ माघ । सेवा सञ्चालनको पाँचौँ वर्ष प्रवेश गरेको उपलक्ष्यमा धापासीस्थित ग्रान्डी अन्र्तराष्ट्रिय अस्पतालले बालरोगसम्बन्धी उपचार सुरु गरेको छ ।

ग्रान्डीमा चौबिसै घन्टा बालरोग विशेषज्ञको उपलब्धता रहने पेडियाट्रिक इमर्जेन्सी बाल आकस्मिक उपचार सेवा, अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने बालबालिकाका लागि पेडियाट्रिक, नवजात सघन उपचार केन्द्र (एनआईसीयू) र बाल सघन उपचार केन्द्र (पीआईसीयू) सञ्चालन भएको छ ।

त्यसैगरी सरुवारोगको संक्रमण भएका र सघन उपचार आवश्यक भएका बालबालिकाका लागि एनआईसीयू र पीआईसीयूमा अलग्गै आइसोलेसन कक्ष व्यवस्था गरिएको छ । त्यसैगरी बाल बहिरंग विशेषज्ञ रहनेछन् ।

बालरोग विभागको नेतृत्व पेडियाट्रिक तथा नियोनेटोलोजिस्ट डा. विनोदकुमार साहले गरेका छन् । ग्रान्डीमा बाल समर्पित खोप केन्द्रको समेत व्यवस्था छ । त्यसैगरी हेल्दी बेबी क्लिनिकमा स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवा उपलब्ध छ ।

(आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ) 

Last modified on 2017-07-04 14:44:08

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts