टन्सिलाइटिसबाट बच्चालाई जोगाउन



Download our app to get more features

घाँटी दुख्ने, घाँटी खसखसाउने, खानेकुरा निल्न अप्ठ्यारो हुने, घाँटीभित्र रातो देखिने समस्या धेरैलाई हुन्छ । अझ चिसो मौसममा यस्तो समस्याले अधिकांशलाई सताउन सक्छ । मुखको पछिल्लो भागमा भएको अण्डाकारको मासुको डल्लोजस्तो अंगलाई टन्सिल भनिन्छ । यो मौसम धेरैलाई टन्सिलाइटिस समस्याले सताउन सक्छ । टन्सिलाइटिस हुने कारण र समाधानका उपयाबारे नाक, कान, घाँटीरोग विशेषज्ञ डा.अनिल झाका सुझाव यस्ता छन् ः

१. मानिसको घाँटीमा सुरुवाती अवस्थामा अप्ठ्यारो हुन्छ । सम्बन्धीत व्यक्तिलाई थकाई लाग्ने, भोक नलाग्ने र अल्छी लाग्ने हुन्छ । त्यसपछि बिस्तारै ज्वरो आउने, कसैमा घाँटी दुख्ने, थुक निल्दा वा खाना खाँदा गाह्रो हुन सक्छ । 

२ यस्तो समस्या देखिएमा बच्चाहरुमा अलि फरकपन देखापर्न सक्छ । नाकबाट सिँगान बग्ने, खोकी लाग्ने, हल्का ज्वरो आउने, शरीर दुख्ने, शरीर काम्ने र खानेकुरा निल्दा धेरै दुख्ने समस्या हुन्छ ।

३. टन्सिलाइटिस भएका बच्चाको कान पाक्ने समस्या पनि देखापर्न सक्छ । यसको संक्रमण बिस्तारै घाँटी हुँदै कानसम्म पुग्छ ।

४. टन्सिलाइटिसकै कारण घुँडा दुख्ने, मुटुकको भल्ब सानो हुँदा मुटुमा समेत असर पर्न सक्छ । त्यसैले समयमै उपचार नगरे श्वासप्रश्वासमा समस्या निम्त्याउन सक्छ ।

५. मानिसमा टन्सिलाइटिसको समस्या देखिएपछि बिस्तारै सुन्निएर ठूलो हुने, रातो देखिने र त्यसबाट पानी निस्कने हुन्छ । समयमा उपचार नभएको अवस्थामा पाकेर पिप बग्ने र गम्भीर खतरासमेत हुन सक्छ ।

६. टन्सिलाइटिसलाई राम्रोसँग उपचार नगरे दीर्घ प्रकृतिको रोगमा परिवर्तन हुन्छ । बारम्बार घाँटीको संक्रमण भइराखेमा लिम्फोइड तन्तुमा पिप बग्न थाल्छ । यसले गम्भीर समस्या निम्त्याउँछ ।

७. टन्सिलाइटिसका बिरामीले आफूखुसी औषधिको प्रयोग गर्नु हुँदैन । विशेषज्ञ चिकित्सकको सल्लाह लिएर मात्रै औषधि प्रयोग गरेमा चाँडै निको हुन्छ ।

८. कसैलाई सामान्य घाँटी दुख्दा घरमै तातो झोल भएका खानेकुरा खुवाउँदा फाइदा हुन्छ । त्यस्तै, वेलावेलामा मनतातो नुनपानीले मुख कुल्ला गनुपर्ने हुन्छ ।

९. दुखाइ बढ्दै गएर ज्वरो आउने, जोर्नीहरु दुख्नेजस्ता समस्या देखिन सक्छ । यस्तो अवस्थामा ज्वरो घटाउने र दुखाइ कम गर्न औषधि चिकित्सकको सल्लाहअनुसार सेवन गर्नुपर्छ । अवस्था हेरेर एन्टिवायोटिक चलाउनु पर्ने पनि हुन सक्छ ।


(आजको नयाँ पत्रिका दैनिकबाट)

Last modified on 2017-07-04 15:03:13

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts