रेडियोलोजीको पढाइमा शुल्क महंगो भएको न्याम्सका विद्यार्थीको गुनासो



Download our app to get more features

काठमाण्डौं, ३ माघ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले सञ्चालन गर्दै आएको रेडियोलोजी विभाग अन्र्तगतको बिएस्सी एमआईटी कार्यक्रमको अध्ययन शुल्क महंगो भएको भन्दै विद्यार्थीले गुनासोे गरेका छन् ।

बिएस्सी एमआईटी दोश्रो वर्षमा अध्ययनरत बिद्यार्थीहरुले पहिलो वर्षको बिद्यार्थी स्वागत गर्न आयोजना गरको कार्यक्रममा अध्ययन शुल्क बढी भएको गुनासो गरेका हुन् ।

कार्यक्रममा दोश्रो वर्षमा अध्ययनरत बिद्यार्थी प्रदिप शर्माले बिद्यार्थीहरुलाई पठनपाठनमामा पुस्तकालयमा पुस्तकको अभाव, निश्चित शैक्षिक क्यालेण्डर लगायत समस्या भएको बताए ।

उनले भने ‘न्याम्समा रेडियोग्राफि अन्र्तगत बिएस्सी एमआइटी अध्ययन गर्न अन्य शिक्षण संस्थाकोभन्दा बढी शुल्क रहेकोले हामीले पटक पटक डिन, रेक्टर लगायत भीसीलाई समेतलाई लिखित रुपमै जानकारी गराएका छौं तर अझै शुल्क केहि घटेको छैन् ।’

कार्यक्रममा न्याम्सका रेक्टर प्रा डा रंग बहादुर बस्नेतले बिएस्सी एमआइटी अध्यापनमा बजेट कम भएकोले सबैतिरको समस्या समाधान गर्न नसकेको बताए । उनले भने ‘हामीले त निश्चित कोटामा मात्र पढाई हुने भएकोले सतप्रतिशत निशुल्क पढाइ हुनुपर्छ भनेका छौं , तर धेरै समस्याका बिचमा पनि अध्यापन शुरु गर्न पाएकोले प्रक्रियागत रुपमा केहि कमि कमजोरी भएका छन् ।’ 

बिएस्सी एमआइटी अध्ययन कार्यक्रमका संयोजक डा. आरके जैसवालले रेडियोलोजी विभाग अन्र्तगत बिएस्सी एमआइटी शैक्षिक कार्यक्रम गत वर्षबाट सञ्चालन गरीएको बताए । उनका अनुसार जम्मा १० जनाको मात्रै कोटा भएकोले अहिले दाश्रो वर्ष अध्ययनरत १० र यस वर्ष भर्ना भएका १० गरी जम्मा २० जनाले अध्ययन गरिरहेको बताए ।

त्यस्तै कार्यक्रममा उपस्थित न्याम्सका डिन  प्रा.डा. यहुनचन्द्र शिवाकोटीले गत वर्षबाट बिएस्सी एमआइटी अध्यापन शुरुवात गरेपछि यसबर्षबाट एमएस्सी एमआइटी अध्यापन शुरु गर्ने योजना भएपनि प्रक्रियागत समस्याका कारण अर्को वर्षबाट मात्र  शुरु गरिने जानकारी दिए ।

Last modified on 2017-07-04 15:04:30

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts