दमका बिरामीले के–के कुरामा ध्यान दिने ? (भिडियो सहित)



Download our app to get more features

चिसो मौसम दमका लागि निकै प्रतिकुल समय हो । सानो लापर्वाहीले ज्याननै जाने खतरा बढ्छ । यो समयमा दमका बिरामीले स्वास्थ्य प्रति बढी सचेत हुनुपर्छ । विशेषज्ञ डाक्टर सञ्जय कुमार ठाकुरका अनुसार दमका रोगीले चिसोमा यसो गर्नुपर्छः

के हो दम ?
दमबारे धेरैलाई भ्रम छ यो रोग हो । तर आफैमा कुनै रोग होइन् दम । यो त कुनै रोगको लक्षण मात्र हो । दम धेरै प्रकारका हुन्छन् । फोक्सोमा देखिने विभिन्न समस्याका कारण श्वास फेर्न असजिलो हुनु वा समस्या आउनु नै दम हो ।

अधिकांशलाई क्रोनिक ब्रोन्काइटिस भएर दम लाग्ने गर्छ । धुँवा धुलोमा बढी बस्ने , धुम्रपानको सेवन गर्नेलाई दम लाग्ने सम्भावना ज्यादा हुन्छ ।

दमका लक्षण
१.पहिलो लक्षण भनेकै लगातार खोकी लाग्ने । खोकीसँगै खकार आउने, कोही कोहीमा खकारमा रगत देखापर्ने ।
२.श्वास फेर्न अप्ठ्यारो हुने । चिसोको समयमा अझ बढी समस्या देखिने । ३.कोही कोहीमा बेहोस हुने, पनि हुन सक्छ ।

दमबाट बच्ने तरिकाः
१.स्वास्थ्य प्रति जो सचेत छ, उसमा दम हुने सम्भावना न्यून हुन्छ ।
२.सानो उमेर देखिनै छातीमा संक्रमण हुन नदिने ।
३. बढी धुँवा धुलोमा नबस्ने ।
४.धुम्रपानबाट टाढै रहने ।
५.सम्भव भएसम्म न्यानोमा बस्ने ।
६.सन्तुलित खानपानमा ध्यान दिने ।
७.शरीरलाई प्रेसर नपर्ने गरि चलायमान राख्ने सफा रहने ।
८. शरीरका कुनै अंगमा समस्या देखिए तुरुन्त चेक जाँच गराउने ।

दमको प्रकृति हेरी चिकित्सकको सल्लाह बमोजिम खाने, सँुघ्ने र लगाउने औषधि पाइन्छ । यसो गरे दमबाट बच्न सकिन्छ ।

 भिडियो हेरौं

Last modified on 2017-07-04 15:08:45

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts