मश्तिष्कघातका बारेमा जान्नै पर्ने कुराहरु

सन्दर्भ: विश्व मश्तिष्कघात दिवस



Download our app to get more features

स्तिष्कघात हुने मुख्य कारण भनेकै उच्च रक्तचाप हो । यसले गर्दा मानिसको अकस्मात मृत्यु (Suddenly Cardiac Death) हुन सक्दछ । प्यारालाइसिस् भई हातखुट्टा नचल्ने, एक वा दुबै हर नचल्ने, मुख बाङ्गो हुने, खानेकुरा निल्न गारो हुने, आँखाले हेर्न गारो हुने वा एउटै कुरा दुईटा देखिने, छिन् छिन्मा बेहोस हुने, बोल्न नसक्ने वा कुरा नबुझ्ने आदि हुने गर्दछ ।

मस्तिष्कघात भनेको मस्तिष्कमा भएका रक्तनलीहरुमा एक्कासी अबरोध आई वा रक्तनली फुटेर रक्तश्राव भई मस्तिष्कको केहि भाग सुक्ने वा नासिने अवस्था हो ।

पक्षघात भनेको चाहिँ मस्तिष्कघात भएपछि हात खुट्टा चलाउन नसक्ने प्यारालाइसिस्को अवस्था हो ।
यस्तो अवश्थामा साधारण भन्दा जतिमाथि रक्तचाप बढ्छ मस्तिष्क पक्षघात हुने जोखिम पनि त्यतिनै बढ्दै जान्छ । यस्तो जोखिम छ गुणाले बढ्दै जान्छ । उच्च रक्तचापको मुख्य जटिलता भनेकै मस्तिष्क पक्षघात हो ।

विश्वमा मानिसहरुको मृत्युको प्रमुख कारण मध्ये एक उच्च रक्तचाप हो । यसको अलवा प्यारालाइसिस् भई जीवनभर शारीरिक अपागंता तथा अशक्तता भई काम गर्न नसक्ने हुनाले अप्रत्यक्ष रुपमा आर्थिक नोक्सानी हुने गर्दछ । जसबाट पारिवारिक, सामाजिक र मनोवैज्ञानिक समस्याहरु उत्पन्न हुने गर्दछ । साथै बिरामीमा डिप्रेसन हुने सम्भावना पनि हुन्छ ।

उच्च रक्तचापका कारण ८० प्रतिशत मानिसहरुमा रक्तनलीमा अवरोध हुने र बाँकी २० प्रतिशतमा रक्तनली फुट्ने वा रक्तश्राव हुने समस्या देखा पर्दछ ।

उच्च रक्तचापको समस्या ४५ वर्षभन्दा कम उमेरका मानिसहरुलाई प्रति १ हजारमा एक जनालाई हुने गर्दछ । त्यस्तै ४५ वर्षभन्दा बढि उमेरका मानिसहरुलाई प्रति १ हजारमा १५ जनालाई हुने गर्दछ ।

असरहरु
बौद्धिक क्षमतामा ह्रास आउने (cognitive Impairment) गर्दछ ।
मस्तिष्क सुस्त र अत्यन्तै कमजोर (Dementia) हुन सक्दछ ।
 उच्च रक्तचाप भएर मस्तिष्क पक्षघात हुने सम्भावना अन्य खतराको सुचकहरु जस्तै कोलेस्ट्रोलको उपचार, चुरोट सेवन बन्द आदि गरेपनि यथावत रहन्छ । 

कसरी नियन्त्रण गर्ने ?

  • माथिका असरहरु न्युनिकरण गर्नका लागी निम्न कुराहरु महत्वपुर्ण हुन्छन्
  • सिस्टोलिक रक्तचाप १० एमएम तल झार्दा पुन मस्तिष्क पक्षघात हुने सम्भावना २८ प्रतिशतले कम हुन्छ ।
  • सिस्टोलिक र डायस्टोलिक रक्तचाप दुबैले मस्तिष्क पक्षघात गराउंछ । यी मध्ये सिस्टोलिकको रक्तचापको खतरा झनै बढि हुन्छ ।
  • उच्च रक्तचापको नियन्त्रण तथा जीवनशैली परिवर्तनले मस्तिष्क पक्षघात हुने सम्भावना ५० प्रतिशतले कम गर्न सकिन्छ ।
  • सिस्टोलिक रक्तचाप १० र डायस्टोलिक ५ एमएम घटाउंदा मस्तिष्क पक्षघात हुने सम्भावना तिन गुणाले कम गर्न सकिन्छ ।
  • सामान्य भन्दा सघन हिसाबले अस्पतालमा उच्च रक्चापको उपचार गराउंदा मस्तिष्क पक्षघात हुने सम्भावना थप २० प्रतिशतले कम गर्न सकिन्छ ।
  • विभिन्न औषधीहरुमध्ये एम्लोडिपिन, लोसारटान, इनालप्रीलहरुको प्रभाव बि ब्लकर समुहको भन्दा बढि प्रभावकारी हुन्छ । तर कुन औषधीलेकति रक्तचाप घट्छ भन्ने कुरा बढि प्रभावकारी हुने गर्दछ।

​​लम्साल सिभिल अस्पतालमा मुटुरोग विशेषज्ञ हुन् । 
 

Last modified on 2016-10-30 11:35:29

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts