गर्भावस्थाको स्ट्रेच माक्र्स हटाउने अद्भुत घरेलु उपाय



Download our app to get more features

एजेन्सी । गर्भाधारणको समयमा अधिक तौल बढ्ने वा घट्ने समस्या आउन सक्छ । तौल बढ्नाले छाला तन्कन्छ । जसले स्ट्रेच माक्र्स हुन्छ । गर्भावस्थामा बाहेक धेरै समयसम्म स्ट्रेच गर्ने कसरत गर्नुको कारण पनि स्ट्रेच माक्र्स हुने हुन्छ । यो काक्र्स समयको साथ धेरै छिटो हराएर जान्छ । तर, गर्भावस्थाको स्ट्रेच माक्र्स लामो समयसम्म रहन्छ । यसलाई हटाउनका लागि केही कदम चलाउनु आवस्यक पर्छ । स्ट्रेच माकर्स हटाउन केही घरेलु उपायहरु अपनाउन सकिन्छ । 

स्ट्रेच माक्र्स हटाउने केही घरेलु उपाय

पौष्टिक आहारः स्वस्थ छालाका लागि भिटामिन सी र ई, जिंक, सिलिका र अन्य पोषक तत्वको प्रचुर मात्रामा सन्तुलित तथा पौष्टिक आहार खानु पर्छ । खानामा स्टेवरी, जामुन, पालक, गाजर, हरियो सागसब्जी तथा बदाम आदि खानु पर्छ । 

कागतीको रसः कागतीको रस एक प्राकृतिक अम्ल हो, जसले स्ट्रेच माक्र्स हल्कारुपमा कम गर्छ । कागतीको रसको स्ट्रेच माक्र्स लगाउन पनि सकिन्छ । यसरी लगाएको कागतीलाई १० मिनेट पछि धुनु पर्छ । 
पानीः स्ट्रेच माक्र्सलाई कम गर्न अर्को उपाय भनेको प्रसस्त मात्रामा पानी पिउनु हो । पानीले छालालाई स्वस्थ तथा हाइड्रेट राख्छ । गर्भावस्थाको दौरानमा धेरै पानी पिउनु राम्रो हुन्छ । हरेक दिन करिव ८ देखि १० गिलाससम्म पानी पिउनु पर्छ ।

चिनीः प्राकृतिक सफा रुपमा चिनी स्ट्रेच माक्र्स  हटाउनेको एक उत्तम उपाय हो । एक चम्चा चिनीमा बदमको तेल र कागतीको रस केही थोपा मिलाएर स्ट्रेच माक्र्समा लगाउनाले धेरै फाईदा पुग्छ । 
एलोभेरा जेलः एक कप एलोभेरा जेलमा दुई चम्चा भिटामिन ई को तेल मिलाउने । यसरी गरीएको मिश्रण तवसम्म लगाउने जबसम्म छालामा पूर्णरुपमा सुकेको हुदैन । यसरी हरेक दिन लगाउँनाले छालामा सुधार हुदै जान्छ । 

जैतुनको तेलः जैतुनको तेलमा धेरै पोषक तत्व पाउन सकिन्छ । जुन छालाको लागि फाइदाजनक मानिन्छ । यसको प्रयोगको लागि जैतुनको तेल निसानामा लगाउने र हल्का मालिश गर्ने । यसरी हरेक दिन मालिश गर्नाले स्ट्रेच माक्र्सका निसानबाट छुटकारा पाउन सकिन्छ । 

Last modified on 2016-09-17 14:49:57

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts