बालदिवसका अवसरमा निशुल्क दाँत शिविर

What's This?


Download our app to get more features

काठमाण्डौं, ३० भदौ । राजधानीको बसुन्धारा स्थित कान्तिपुर डेन्टल कलेज एण्ड टिचिङ हस्पिटलले निशुल्क दन्त शिविरमार्फत ४ सय बिद्यार्थीको निशुल्क दाँत तथा मुख परीक्षण गरेको छ ।  

बाल दिवसका अवसरमा बुधवार महाराजगंजस्थित स्किम पब्लिक स्कूलमा आयोजित शिविरमा  नर्सरी देखि कक्षा दश सम्मका ४ सय बिद्यार्थीकोे दाँत परीक्षण गरिएको शिविरको नेतृत्व गर्नुभएकी डा. स्मिता ढकालले जानकारी दिइन् ।

शिविरमा सहभागी करिव ३ सय भन्दा बढि स्कूले विद्यार्थीमा दाँत किराले खाने र गीजामा समस्या पाइएको थियो । कार्यक्रममा दाँत परीक्षणका अलावा दाँत र मुख स्वास्थ्य सम्बन्धी प्रशिक्षण पनि दिइएको थियो । त्यस्तै स्कुलका शिक्षक शिक्षिकालाई दाँत तथा मुख स्वास्थ्य सम्बन्धि तालिम पनि दिइएको डा. ढकालले जानकारी दिइन ।

सामुदायिक स्वास्थ्य सेवा अन्र्तगत निरन्तर निशुल्क शिविरहरु सञ्चालन गर्नुका साथै बाल दिवसको अवसरमा बालबालिकालाई उपचारमा विशेष छुट दिइएको अस्पतालले जनाएको छ ।

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts