विश्वका २० करोड महिलाको यौनाङ्ग काटिएको छ : संयुक्त राष्ट्रसंघ 

बिनाकारण यौनाङ्ग काट्नु दुव्यवहार

What's This?


Download our app to get more features

काठमाण्डौ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका प्रमुखले यौनाङ्ग काट्नुलाई पनि ‘बाल दुव्यवहार’को संज्ञा दिएका छन् । डा. बाबातुण्डे ओशोटिमेनले यो परम्परा मानव अधिकार बिरोधी भएको र यसलाई तुरुन्त अन्त्य गर्नुपर्ने बताए ।

विश्वभरका २० करोड महिला तथा आईमाईहरुको यौनाङ्गको केही अंश काटिएको छ भने ३० लाख बालिकाहरुको यौनाङ्ग अङ्गभङ्ग हुने क्रममा रहेको संयुक्त राष्ट्रसंघको अनुमान छ ।

डा. बाबातुण्डे भन्दछन्, ‘यौनाङ्ग काट्नुको कुनै अर्थ छैन र यसले लैङ्गिक असमानता देखाउँछ । बिषेशगरी पुरुष प्रधान समाजमा यो बिषयलाई ज्यादा चासोको साथ लिने गरिएको छ र यो बाल दुव्यवहार हो ।’

यो भन्दा अघि संघले यो प्रक्रियालाई मानब अधिकारको हननको संज्ञा दिएको थियो भने पहिलो पटक यसलाई बाल दुव्यवहारको संज्ञा दिँदै तत्काल रोक्नुपर्ने बताएको हो । अफ्रिका, मध्यपूर्वी राष्ट्रहरु र एशियामा यो परम्परा रहेको छ । यो प्रक्रियामा महिलाको  यौनाङ्गको बाहिरी भागबाट बिना कारण केही या पूरा अङ्श काटेर फल्ने गरीन्छ । अफ्रिकाका केही राष्ट्रहरुले यो परम्परालाई बिस्तारै हटाउँदै छन् यद्यपी केन्यामा पाँच मध्य एक महिला यो प्रक्रियाबाट गुज्रन्छन् ।

तर संयुक्तराष्ट्र संघ बालकोष, यूनिसेफका अनुसार आउँदो १५ बर्ष भित्र केन्याबाट यो परम्पराको पूर्ण अन्त्य हुने बताएको छ । यद्यपी संस्कृती र धर्मसँग जोडिएका कारण पनि यो परम्परा अन्त्य गर्नु धेरै नै चुनौतिपूर्ण छ । 

बिबिसी अनलाईन संस्करणमा समाचार छ ।  
 

Last modified on 2016-07-18 14:38:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts