गर्भधारणका लागि कुन महिना उपयुक्त ?

What's This?


Download our app to get more features

एजेन्सी । संसारका अधिकांश प्राणीले जीवनचक्र चलाउन वा वंशको परम्परा धान्न बच्चा जन्माउने गरेका छन् । प्रकृतिले नै उनीहरुको यौन जीवन र सन्तान उत्पादन प्रक्रियालाई नियन्त्रण गरिरहेको छ । तर, मानवमात्र यस्तो प्रााणी हो जसले अन्य कुराको जस्तै यौन जीवनलाई प्रकृतिको नियन्त्रणमा रहन दिएको छैन ।

हरेक आमाबाबुलाई आफूले जन्माएको सन्तान स्वस्थ र निरोगी होस् भन्ने चाहना हुनु स्वभाविक हो । किनकी ९ महिना कोखमा राखेर जन्माएको सन्तान निरोगी होस भन्ने चाहना हुनु सबै आमा बाबुको चाहना स्वभाविक नै हो ।

पछिल्लो समय मानिसले सन्तान जन्माउने उत्तम समय कुन हो भन्ने बारेमा विभिन्न बहस हुन थालेका छन् । ति बहस अनुसार वैज्ञानिकहरुले सन्तान उत्पादनका लागि उपयुक्त समय कुन भनेर अनुसन्धान थालेका छन् । यही भएर वैज्ञानिकहरुको ध्यान पनि कहिले बच्चा जन्माउँदा उपर्युक्त हुन्छ भन्ने तर्फ केन्द्रित भएको छ । 

अनुसन्धानमा संलग्न वैज्ञानिकहरु भन्छन्, ‘बच्चा गर्भाधारणको लागि सबैभन्दा उपर्युक्त समय डिसेम्बर र जनवरी महिना हो ।’ 

५ करोड २० लाख गर्भवती महिलामा १२ वर्ष लामो समय लगाएर गरिएको अध्ययनमा धेरै दम्पत्तीले सन्तान जन्माउन यी दुई महिना रोजेको डेली मेलले जनाएको छ । सकभर गर्मी महिनामा गर्भवती नबन्न पनि अनुसन्धनमा संलग्न इन्डियान युनिभर्सिटीका वैज्ञानिकहरुले सुझाव दिएका छन् ।

जनवरी र डिसेम्बरमा गर्भवती हुने महिला गर्भाअवस्थाको अन्तिम समयमा उच्च मात्रामा सूर्यको प्रकाश पाउने अध्ययन टोलीका प्रमुख डा. पउल विनचेस्टरको भनाई छ । आमाले लिएको तापक्रममार्फत प्राप्त हुने भिटामिन डीले शिशुलाई स्वस्थ बनाउने उनीहरुको तर्क छ ।

जुन महिनामा गर्भाधारण स्वास्थ्यका लागि हानिकार हुने उनीहरुको दाबी छ । गर्मी मौसमा खेतीपातीमा प्रशस्त मात्रामा विषाधीको प्रयोग हुने र हावामार्फत त्यसको असर गर्भधारण गर्ने महिलामा पर्ने उनीहरुको तर्क छ । अध्ययन टोलीले डिसेम्बरमा गर्भाधारण गरी सेप्टेम्बरमा बच्चा जन्माउने अभिभावकको संख्या बढी भएको जनाएको छ ।

‘रसायनको मौसमी प्रभाव र आईभीएफ गर्भधारणमा भिटामिन डीको प्रभावबारे पछिल्लो समयमा चासो बढेको छ ।’ अनुसन्धानमा संलग्न वैज्ञानिकहरु भन्छन् ।  
अध्ययन टोलीले जुनमा गर्भाधारण नगर्न पनि सबै दम्पत्तीलाई सुझाब दिएको छ । 

 

एजेन्सीको सहयोगमा
 

Last modified on 2016-07-17 14:54:45

1 Comments

  1. Health Related All News Givens Here Better /THANKS


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts