इरेक्टाइल डिस्फङसन (उत्तेजित नहुने समस्या) र उपचार

What's This?


Download our app to get more features

काठमाडौं । कतिपय मानिसलाई यौन सम्पर्कको समयमा उत्तेजित नहुने समस्याले धेरै पीडा दिएको हुन्छ । यो समस्या एउटा रोग हो भन्न जानकारी नहुँदा कतिपय जोडीको यौन उत्तैजना वा चाहनामा एक अर्काको कमिका कारण वातावरण निरस बन्ने मात्र नभइ सम्बन्धहरु पनि बिग्रिने खतरा उत्तिकै हुन्छन् । विशेषगरी पुरुषमा हुने यस्ता समस्याको घरेलु विधिबाट पनि उपचार गर्न सकिन्छ । 

सबैभन्दा पहिले यो समस्याको उपचार खानपान र जीवनशैलीबाट समाधान गर्ने कोशिस गरिन्छ । तर, जब यसबाट पनि समाधान हुँदैंन, त्यसपछि डाक्टरलाई देखाएर उपचार सुरु गर्न सकिन्छ ।

सामान्यतः उपचारको तरिका 

हर्मोन थेरापीः यदि इरेक्टाइल डिस्फङसन हर्मोनका कारण भएको हो भने हर्मोन थेरापीको मद्दतले दुई देखि तीन महिनामा ठीक गर्न सकिन्छ । यो थेरापीको साइडइफेक्ट हुँदैंन ।

सेक्स थेरापीः यो समस्या कतिपय अवस्थामा मानसिक पनि हुन्छ । यस्तो मामलामा सेक्स थेरापीको पनि मद्दत लिन सकिन्छ ।

भ्याकुम पम्प, इन्जेक्सनः भ्याकुम पम्प, इन्जेक्सन थेरापी तथा भियग्राजस्ता औषधिको मद्दतले यो समस्या समाधान गर्न सकिन्छ ।

रक्तआपूर्तिः जब लिंगको धमनीमा अवरोध आउँछ भने औषधिको मार्फत् अवरोध हटाउन सकिन्छ । रक्तआपूर्ति सुचारु भयो भने लिंगमा उत्तेजना आउन थाल्छ । यदि उच्च रक्तचाप या न्युन रक्तचाप, मुटु रोग, कलेजोसम्बन्धी रोग, ल्युकेमिया या एलर्जी छ भने भियग्रा लिनुअघि विशेष सावधानी अपनाउनुपर्छ ।

सर्जरीः सबै उपायले काम गरेन भने अन्तिम उपाय भनेको सर्जरी हो ।

विचार तथा स्पर्शबाट लिंगमा उत्तेजना आउँछ । मानिसको मस्तिष्कमा एउटा सेक्स सेन्टर हुन्छ । जब यो केन्द्र उत्तेजित हुन्छ, त्यसले लिंगतर्फ सन्देश पुर्याउँदा शरीरमा रगतको प्रवाह तेज हुन्छ । पूरै शरीरमध्ये लिंगमा रक्तप्रवाह सबैभन्दा बढी हुने भएकाले लिंगमा उत्तेजना तथा महिलाको योनीमा तरल पदार्थ उत्पन्न हुन्छ । लिंग उत्तेजित हुन योग्य हर्मोन हुनु जरुरी हुन्छ । पुरुषमा ६० वर्षपछि र महिलामा ४५ वर्षपछि हर्मोनको कमी हुन थाल्छ ।

 

एजेन्सीको सहयोगमा
 

Last modified on 2016-07-04 12:49:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts