वीरका डाक्टरले खेले क्रिकेट !



Download our app to get more features

काठमाण्डौ, १५ जेठ । सरकारको आगामी वर्षको बजेट कार्यक्रममा वीर अस्पताललाई ५ सय रोपनी क्षेत्रफलमा विस्तार गरी अत्याधुनिक बनाउने घोषणा गरिहँदा यता अस्पतालका डाक्टरहरु भने क्रिकेट खेलिरहेका थिए । 

चिकित्सा विज्ञान राष्ट्रीय प्रतिष्ठान वीर अस्पतालको अतिरिक्त कृयाकलाप अन्तर्गत रेजिडेन्ट एसोसिअसन अफ नाम्स (RAN) ले शनिवार एकदिवसीय अन्तरविभागीय क्रिकेट प्रतियोगिता आयोजना गरेपछी चिकित्सक विद्यार्थी त्यता व्यस्त भएका हुन् । । 
अल्टिमेट कृकसलमा सम्पन्न प्रतियोगीता मा रेजिडेन्ट र फ्याकल्टी गरेर ७ ओटा टिम सहभागी थिए । जसमा अफ्थाल्मोलोजी, सर्जरी र डर्माटोलोजीको समुह बिजेता बन्यो ।  रेडियोलोजी, प्याथोलोजी र एनेस्थेसियाको समुह उपविजेता बन्यो । 
 प्रतियोगिताको उत्कृष्ट खेलाडी डा रोशन भट्टराई, उत्कृष्ट बलरमा डा राजीव मिश्र र उत्कृष्ट ब्याट्स्म्यानमा डा अभिशेक विलास पन्त भए । 


प्रतियोगिताका बिजेतालार्य उपाधि दिँदै र्यान का निवर्तमान महाससचिव डा. रबिन खड्का ले विश्व विद्यालयको अतिरिक्त कृयाकलप अन्तर्गत पहिलो पटक सन्चालन गरिएको यस्तो प्रतियोगिता ले पढाइ र आफ्नो सीपका अलवा शारीरिक र मानसिक स्फुर्ती बढ्ने विश्वास व्यक्त गरे । सो अवसरमा र्यानका अध्यक्ष डा तुलसी भट्टराईले चिकित्सकको व्यस्त दैनिकी बाट टाढा रहेर अतिरिक्त क्रियाकलाप हुनु सकरात्मक भएको बताए । 

Last modified on 2017-06-11 17:47:01

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts