यी पाँच कारण जसले तपाईंको यौनचाहना र शक्तिलाई घटाइदिन्छ !!

What's This?


Download our app to get more features

के तपाईंलाई पनि यौनसम्पर्क गर्ने चाहना कम भएको छ ? या तपाईंको पार्टनरसँग हुने सम्भोगबाट सन्तुष्ट हुन सक्नुभएको छैन ? त्यसो भए यी पाँचवटा कारणका बारेमा थाहा पाइराख्नुहोस् ।

१. तनाव 
जब मानिसलाई तनाव हुन्छ उसको एकाग्रता भंग हुन्छ । त्यसको प्रभाव पार्टनरलाई गर्ने व्यवहारमा प्रतिविम्बित हुन्छ । जसले आनन्द दिलाउन सक्दैन ।

२. अत्याधिक मदिरापान
मदिरा सेवनले मानिसलाई यौनसम्पर्क गर्न लालायित त गराउँछ तर रक्सीको मातले यौनागंको संवेदनशिलतालाई धेरै हदसम्म कम गराइदिन्छ ।

३. कम निद्रा
कम सुत्नाले स्वभाविक रुपमा बढि थकान महशुस हुन्छ । जसले गर्दा पुरुषको यौन आनन्द लिने चाहनामा कमि आउँछ ।

४. नियमित औषधिको सेवन 
कुनै कुनै औषधिको सेवनले मानिसको यौन चाहनालाई घटाइदिनुका साथै यौनशक्तिमा ह्रास ल्याउँछ । जस्तै, डिप्रेसन, उच्च रक्तचाप र एचआइभीको औषधि सेवन गरेकाहरुलाई यस्तो समस्या उत्पन्न हुन्छ ।

५. मोटोपना 
मोटोपनाले पनि मानिसको यौनचाहनामा गिरावट ल्याउँछ । मोटोपनाले यौनचाहनाका साथै यौन क्रियालाई पनि रोमाञ्चक बनाउँदैन । 

एजेन्सीको सहयोगमा ।

Last modified on 2017-02-18 17:53:58

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. Alhrgit alright alright that's exactly what I needed!


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts