एमडी पढ्न नाम निकाल्दिन्छु भन्दै डाक्टरसँग घुस लिने मन्त्रीका पूर्व पीए पक्राउ



Download our app to get more features

काठमाडौँ, १५ जेठ । शहरी विकास मन्त्री अर्जुननरसिंह केसीका पूर्व पिए सरोज केसी प्रक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले, एक चिकित्सकलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल डाइरेक्टर पढ्न छात्रवृतिमा नाम निकालिदिने भन्दै पैसा लिएको आधारमा केसीलाई आइतबार सामाखुसीबाट पक्राउ गरेको हो ।

चिकित्सकलाई छात्रवृतिमा नाम निस्किएको पत्र दिएपनि सो पत्र किर्ते भएको खुलेपछि उनीविरुद्ध ठगीमा मुद्दा चलेको थियो ।

डाक्टर बनाउँछु भन्दै किर्ते कागज बनाइ ठगी गरेको अभियोग पुष्टि सँगै एक वर्ष कैद सजायँ तोकिए पनि केसी प्रभावका आधारमा अहिले सम्म जोगिदै आएका थिए ।

काठमाडौँ जिल्ला अदालतले उनीविरुद्धको अभियोग पुष्टि गर्दै कैद सजायँ र जरिवाना तोकेपनि उनी पक्राउ परेका थिएनन् ।

अदालतले कैद सजायँ तोक्दा उनी मन्त्री केसीको पिए थिए । आफ्नो पिए ठगीको फरार अपराधि भएको खुलेपछि मन्त्री केसीले उनलाई आफ्नो सहयोगीबाट हटाएका थिए ।
 

Last modified on 2017-06-14 13:23:02

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts