अपाङ्गता भएका व्यक्तिका लागि अत्यावश्यक सामाग्रीमा कर छुट



Download our app to get more features

काठमाडौं, ४ जेठ । स्वास्थ्य मन्त्री गगन थापाले अपाङ्गता भएका व्यक्तिका लागि अत्यावश्यक सामाग्रीमा कर छुट गर्ने बताएका छन् । 

अपाङ्गता व्यवस्थापन, रोकथाम, उपचार तथा पुनस्र्थापना निति, रणनीति तथा १० वर्षे कार्ययोजना सार्वजनिक गर्दै मन्त्री थापाले यसै आर्थिक वर्षभित्र छुट दिने निर्णय गर्ने बताएका हुन् । मन्त्री थापाले भने ‘अपाङ्गता भएका व्यक्तिका लागि आवश्यक सामाग्रीहरु आरामदायी वस्तुमा पर्दैनन्, त्यसैले ती वस्तुमा कर छुट दिनुपर्छ ।’

मन्त्री थापाले कार्ययोजना सार्वजनिक गर्दै कार्ययोजना थन्किएर नबस्ने र छिटै कार्यान्वयनमा जाने बताए । ‘कार्ययोजना लागु गराउन आजैबाट लाग्छौं, मन्त्री थापाले भने ‘ अपाङ्गता व्यवस्थापन नीति, रणनिति थन्किएर बस्दैन ।’

मन्त्री थापाले स्वास्थ्य क्षेत्रलाई अपाङ्गमैत्री बनाउने प्रतिवद्धता समेत व्यक्त गरे । मन्त्री थापाले अपाङ्गता भएकाहरुका लागि लक्षित गर्दै स्वास्थ्य उपचारलाई प्रभावकारी बनाउन तत्कालका लागि ठूला दुई अस्पताल वीर अस्पताल र ट्रमा सेन्टरमा दोभाषेको व्यवस्था गर्ने समेत बताए । 

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तले निति कार्यान्वयन गर्न चूनौती रहेको बताउदै प्रभावकारी कार्यान्वयनका लागि विभाग आजै बाट लाग्ने प्रतिवद्धता व्यक्त गरे । 

त्यसैगरी, महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण संसदिय समितिकी सभापति सांसद रञ्जुकुमारी झाले अपाङ्गता भएका मध्ये अटिजमलाई प्राथमिकतामा राख्नु पर्नेमा जोड दिईन् । उनले भनिन्, ‘अटिजम भएका बालबालिका र उनका अभिभावकलाई नजिकबाट हेरेको  छु, मानिसहरुमा जनचेतनाको अझै पनि अभाव रहेको छ ।’  

Last modified on 2017-06-14 16:19:47

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. Sarkarle "spinal cord injured" bhayeka jasko ghati r kammar munika kunai pni angale kam gardainan sathai tato chiso kateko kunai mahasus hundainan ani disa pisab aniyantrit hunchha pisabko nimitta urine bag wa bises prakar ko painty proyog garinchha tra disako nimitta ati samsya hunchha. Junsukkai bela auna sakchha tra pidit byaktilai kunai mahusus hundainan. Vannu parda yasta byakti haru bahu apangta r asakta vitra parchhan. Uniharulai dainik jiwanyapan garna kunai n kunai rup ekjana byakti sahayogiko awasyak pardachha. Uniharuka jiwan atinai kathinai r dukhad tarikale byatit garna badhya chhan, yiniharuko barema boleko khasai paindainan. Yas sambandhinai kholiyeka sansthaharu pni tyati agadi aayeko paindainan. Sarkar awam rajya sathai swasthya mantralaya pni maunnai dekhinchha.


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts