जनताका लागि भगवान् बने चिकित्सक पवन



Download our app to get more features

जाजरकोट गर्खाकोट, १७ वैशाख । गत वर्ष सरकारले ५० शै्ययामा स्तरोन्नति गरेको जाजरकोट जिल्ला अस्पतालका लागि सरकारले उपलब्ध गराउने बाहेक आन्तरिक स्रोतबाट रु अढाइ लाख तलब दिएर विज्ञापन गर्दा कुनैपनि चिकित्सक आउन नरुचाउने जाजरकोटबासिन्दा लागि डा. पवन शाक्य भने भगवान् नै आएजस्तो भएको छ । 

यहाँ नियुक्ति लिएर आउने वा सरुवा भएर आउने जुनसुकै चिकित्सक पनि विभिन्न बाहना बनाएर अन्यात्रै जाने गरेको अस्पतालका निमित्त मेडिकल सुपेरिन्टेन्डेन्ट डा. चाँदनी जैसवाल बताउछिन्  । एक विशेषज्ञका लागि अढाइ लाख तलब दिएर विज्ञापन गर्दा पनि कसैले आवेदन नदिएको उनको गुनासो छ । 
स्वास्थ्य मन्त्रालयले चार विशेषज्ञ चिकित्सक गत एक वर्षदेखि जाजरकोट पठाउन निकै पहल गरे पनि सम्भब नभएको अवस्तामा काठमाडौँवासी युवा डा पवन भने जिल्लाको सबैभन्दा दुर्गम र विकट गाउँको प्राथमिक स्वास्थ्य केन्द्रमा २४ सै घन्टा खटेर जिल्ला अस्पताल बराबरको सुविधा उपलब्ध गगराउदै आएकाले स्थानीयबासीले भगवान सरह मानेका हुन् । 

दश महिनाअघि स्थायी नियुक्ति पाएका डा पवनलाई विकट गाउँ गर्खाकोटमा पठाएकामा भौगोलिक विकटता, अप्ठेरो बाटो, दुर्गम बस्ती, अभाव र कष्टको बेवास्था गर्दै उनले सो ठाउँलाई सहर्ष स्विकार गरेका थिए ।
गर्खाकोटको प्राथमिक स्वास्थ्य केन्द्रलाई सुधार गरेका डा पवन सेवा र सुविधामा जिल्ला अस्पतालसँग टक्कर लिन सफल भएका छन् ।

जुनीचाँदे–९ कोर्ताङकी धनसरा टमाटाका अुनसार गर्खाकोटमा चिकित्सक होइन भगवान् नै आएको हो । “ पहिले सानो कष्टया ९बिरामी० हुँदा पनि र नेपालगन्ज जानुपथ्र्यो तर अहिले त सबै यही नै उपचार हुन थालेकाले पाँच घन्टाको पैदल हिँडेर पनि यही प्राथमिक स्वास्थ्य केन्द्र आइपुगेको हुँ”, उनि भन्छन्, “अहिले त जति टाढाबाट हिँडेर पनि यहीँ आउन मन लाग्छ ।” 

निमित्त मेडिकल सुपेरिन्टेन्डेन्ट डा जैसवाल पनि डा. पवनका कारण सो प्राथमिक स्वास्थ्य केन्द्रमा जिल्ला अस्पताल बराबरको सेवा सुविधा उपलब्ध भएको स्विकार गर्छन् । 
प्राथमिक स्वास्थ्य केन्द्रका लागि चाहिने औषधि, उपकरण र अन्य सामान आफँैले मन्त्रालय विभाग र अन्य सरोकारवाला निकायमा पुगेर जोहो गरेका डा। पवनले सुरुमा गर्खाकोट जाँदा आफ्नैे गोजीको पैसा खर्च गरेर केही सामानसमेत किनेको जानकारी दिए ।

पहिले अनमी र अहेवले चलाउँदा सेवासुविधाको हिसाबले स्थानीयवासी नै उपचारका लागि नजाने उक्त प्राथमिक स्वास्थ्य केन्द्रमा अहिले भने भिडिओ एक्स–रे, इसिजी, अक्सिजन कन्सर्नट्रेटर, रगत तथा पिसाव जाँच गर्ने ल्याबको सुविधा, शवपरीक्षण लगायतको व्यवस्थाले आफूहरुले ठूलो राहतको अनुभूति गरेको स्थानीयवासी राजबहादुर शाहीको भनाइ छ । कुनै सार्वजनिक बिदाको समेत वास्ता नगरी सबै प्रकारका स्वास्थ्य सेवा सञ्चालन गरेपछि अहिले सो प्राथमिक स्वास्थ्य केन्द्रमा सेवाग्राहीको भीड लाग्न थालेको उनि बताउछन् ।
राम्रोसँग फोन पनि नलाग्ने विकट गाउँमा २४ घन्टे वाइफाईसमेत चल्ने व्यवस्था गर्नुभएका डा। पवन आफैँ बिरामीको शै्ययामा बिछयाइएका तन्ना र अन्य कपडा धुने समेत गर्छन् । 
अन्य ११ जना स्टाफसँगै रहेका उनमा अहम् भावना पनि छैन । स्वास्थ्य केन्द्रको भित्र बाहिर जताततै सफाइ गर्नेदेखि अन्य सबै काममा आफँै खटिने स्वभावले हामीलाई पनि काम गरुँ गरुँ लाग्ने गरेको त्यहाँ कार्यरत अनमी सरस्वती शाहीले बताइन् । 
डा। पवनले काम गरेको देख्दा अचम्म लागेको बताउने स्थानीय शिवपुरी माविका प्रधानाध्यापक जयबहादुर शाही भन्छन्, “अस्पताललाई आफ्नो घरजस्तो मानेर जति बेला गए पनि बिरामीको उपचार र सेवा गर्न उहाँ तयार हुनुहुन्छ” यस प्राथमिक स्वास्थ्य केन्द्रमा सोलार पावर र अन्य पूर्वाधार निर्माणको भरपर्दो व्यवस्था छ । 
जति बेला पनि बिरामीको सेवाका लागि डा पवन र स्वास्थ्यकर्मी तयारी अवस्थामा बस्ने गरेकाले अहिले गर्खाकोटलगायत अन्य गाउँका बासिन्दा यही स्वास्थ्य केन्द्रमा आउँदा जिल्ला अस्पताललाइ नै भुल्ने गरेको ६६ वर्षीया शीतला शाह बताउछिन् “पहिले त्यहाँ जानै मनै लाग्दैनथ्यो तर अहिले त जति बेला गए पनि गतिलो उपचार पाइन्छ ।” 
“दुर्गम र विकट गाउँका जनताका लागि केही काम गरेर देखाउन आफू गर्खाकोटमा आएको उल्लेख गर्दै डा। शाक्य बताउछन्, “सहर र सुगमका जनताले त सजिलै सुविधा पाउँछन् तर दुर्गमका जनतालाई निकै समस्या छ त्यही बुझेर म यहाँ आएको हुँ, म जति बेलासम्म गर्खाकोटमा बस्छु यहाँका जनताले सजिलै र सहज ढङ्गले स्वास्थ्य सेवा पाउन सक्ने बनाउँछु ।” रासस 

Last modified on 2017-06-15 13:08:41

  1. जुनु भट्टराई

    जुनु भट्टराई हाम्रो डक्टरमा अतिथि सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts