सरकारले मुख स्वास्थ्य नीति बनायो मात्र, कार्यान्वयन गरेनः नेपाल डेन्टल एशोशियसन



Download our app to get more features

काठमाण्डौं, ५ चैत । सरकारले मुख स्वास्थ्यको विषयलाई नीतिगत रुपमा प्राथमिकतामा नराख्दा आमनागरिकले यसको महत्वका बारेमा बुझ्न नसकेको र नपाएको भन्दै नेपाल डेन्टल एशोसियसनले चिन्ता व्यक्त गरेको छ । 

मार्च २० गते सोमबार मनाइँदै  विश्व मुख स्वास्थ्य दिवसको बारेमा जानकारीका लागि एशोसियसनले गरेको  पत्रकार सम्मेलनमा बोल्दै दिवस मूल समारोह समितिका अध्यक्ष डा. सुवास घिमिरेले सरकारले नीतिगत रुपमा मुख स्वास्थ्यका बारेमा ध्यान नदिँदा जनताले मुख स्वास्थ्य के हो भन्ने बुझ्न नसकेको औंल्याए । उनले भने ‘मुख स्वास्थ्यमा ध्यान नदिँदा उच्च रक्तचाप, मुटु सम्बन्धी रोग, मधुमेह, पेटजन्य जस्ता गम्भीर दीर्घरोग लाग्ने सम्भावना रहन्छ ।’

‘जसको दाँत सबल, उसको जीवन सफल’ भन्ने मुल नाराका साथ एशोसियसनले विश्व मुख स्वास्थ्य दिवसको सप्ताहव्यापी कायक्रम पनि सुरु गरेको छ । 

मुख स्वास्थ्यका बारेमा जनचेतना जगाउने उद्देश्यका साथ विश्व मुख स्वास्थ्य दिवस २०७३ मनाउन लागिएको एशोसियसनका अध्यक्ष डा. सन्तोषमान राजभण्डारीले बताए । मुख स्वास्थ्यका बारेमा जनचेतना जगाउनका लागि स्वास्थ्य मन्त्रालयले अन्य रोगमा जस्तै नीतिगत सुधार र मुखस्वास्थ्य प्रवद्र्धनका लागि आवश्यक बजेट छुट्टाउनु पर्नेमा अध्यक्ष डा. राजभण्डारीले जोड दिए । 

नेपालमा मुख तथा दन्त सेवा केन्द्रिकृत भएका छन् । सरकारले मुख स्वास्थ्यलाई प्राथमिकताका साथ विकेन्द्रित गर्नु पर्नेमा एशोसियसनले जोड दिएको छ । एशोसियसनका महासचिव डा. मनोज हुमागाईले केन्द्रिकृत मुख स्वास्थ्यलाई सरकारले विकेन्द्रिकृत गर्ने नीति ल्याउनु पर्ने बताए । 

सरकारले २०७० मा राष्ट्रिय मुख स्वास्थ्य नीति पारित गरिसकेको छ । तर, हालसम्म पनि यसको कार्यान्वयन भने भएको छैन । प्राथमिक स्वास्थ्य केन्द्रसम्म एउटा दन्त चिकित्सक पठाउने भनिए पनि सरकारले यसलाई कार्यान्वयन गर्न नसकेको महासचिव डा. हुमागाईले बताए । उनले भने ‘सरकारले हरेक वर्ष ६५ जनालाई छात्रवृतीमा पढाइरहेको छ, उनीलाई पठाउँदा पनि हरेक क्षेत्रमा दन्त चिकित्सक पुग्न सक्छन् ।’ यसका लागि सरकारसँग डेन्टल एशोसियसन हातेमालो गर्न तयार रहेको उनले बताए । 

नेपालमा हरेक वर्ष ६ सय दन्त चिकित्सक उत्पादन भइरहेका छन् ।

Last modified on 2017-06-19 15:43:19

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts